coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ ।

भारतको गोवामा हालै सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा ती दुई शीर्ष व्यक्तित्वबीच द्विपक्षीय भेटवार्ता हुँदा खिँचिएको तस्बिरलाई चिनियाँ चित्रकारले उतारेका छन् ।

सो अवसरमा प्रधानमन्त्रीले आफू चिनियाँ कलाबाट प्रभावित भएको बताउँदै यसले नेपाल र चीनबीचको सम्बन्धमा थप हार्दिकता थपेको बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचको सम्बन्धमा प्रगाढता ल्याउने बताउँदै जनता–जनताबीचको सम्बन्ध विकसित गर्न यस्ता कदम स्वागतयोग्य हुने बताए ।

चिनियाँ टोलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत नेपालको ऐतिहासिक विषय समेटेर चलचित्र तयार भइरहेको पनि प्रधानमन्त्रीलाई अवगत गराएको थियो । रासस

प्रकाशित: २१ मंसिर २०७३ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App