coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

करार अवधि सकिए पनि कर्मचारी काममै

दमक - गौरादह नगरपालिकामा करार अवधि सकिएका कर्मचारीले समेत हाजिर गरिरहेका छन्। नगरपालिकाले ल्याएका करारका प्राविधिक कर्मचारी नियुक्तिसम्बन्धी निर्देशिकाविपरीत पनि कार्यालय आउने गरेका हुन्।

१४ जना प्राविधिक कर्मचारीको करार अवधि असार मसान्तमा सकिएपछि कार्यापालिका बैठकले ३ महिना थप गरेको थियो। उनीहरूको सो अवधि पनि असोज मसान्तमा सकिइसकेको छ। प्राविधिकतर्फ रहेका इन्जिनियर, ओभरसियर, सवारीचालक, स्वास्थ्य र कृषिसम्बन्धी प्राविधिक सबैको करार अवधि समाप्त भइसकेको हो।

गौरादह नगरपालिकाप्रमुख रोहितकुमार शाहले तत्कालका लागि कर्मचारी नियुक्तिसम्बन्धी निर्देशिकासमेत मिचिएर निर्णय गरिएको स्वीकार गरे। ‘कर्मचारीले विज्ञापन खुलाउन मानेनन् र तत्कालका लागि ३ महिना म्याद थपिएको हो, अहिले म्याद पनि सकिएको छ,’ उनले भने, ‘अब कानुनी बाटोअनुसारै काम हुन्छ। करारमा रहेका कर्मचारीका लागि विज्ञापन खुलाएर ४० नम्बर ल्याएपछि मात्रै उत्तीर्ण हुने र नियुक्ति दिन सकिने व्यवस्था ऐनमा व्यवस्था गरिएको छ। तर ऐनविपरीत कार्यपालिका बैठकले ३ महिना म्याद थपेको थियो।

करारमा रहेका कर्मचारीका लागि विज्ञापन खुलाएर ४० नम्बर ल्याएपछि मात्र उत्तीर्ण हुने र नियुक्ति दिन सकिने ऐनमा व्यवस्था गरिएको छ। तर कार्यपालिका बैठकले ऐनविपरीत ३ महिना म्याद थपेको थियो।

प्रमुख शाहले कर्मचारीकै असहयोगका कारण यस्तो समस्या भएको दाबी गरे। नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा उनले कर्मचारीले विज्ञापन नै नखुलाएका कारण म्याद सकिएका कर्मचारीलाई समेत हाजिरी गराउन बाध्य बनेको उल्लेख गरे। नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनु भएको छैन, पुरानाले प्रशासनतर्फका कर्मचारीको म्याद थपेर जानुभयो,’ उनले भने, ‘अब नयाँ प्रशासकीय प्रमुख आएपछि काम हुन्छ। यसअघिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रशासनतर्फका कर्मचारीको भने म्याद थप गर्नुभएको थियो। निर्देशिकाअनुसार प्रशासकीय अधिकृतले प्रशासनतर्फका कर्मचारीको करार अवधि थप्न सक्छन्। प्राविधिक कर्मचारीको हकमा भने निर्देशिकामा एक आर्थिक वर्ष काम गरिकसकेको कर्मचारीलाई पुनः परीक्षणपछि मात्रै करारमा पुनः नियुक्ति हुने व्यवस्था छ।

नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले प्रमुख शाहले आफूनिकटका कर्मचारी च्याप्ने गरेकाले कर्मचारीको करार थपिन नसकेको उल्लेख गरे। हामीले पटकपटक माग गरेका छौं, भर्खरै ज्ञापनपत्रसमेत बुझायौं,’ उनले भने, ‘तर प्रमुखले यो कुरालाई बेवास्ता गर्दै लैजानुभयो, जसले गर्दा अहिले यो समस्या उत्पन्न भयो।’ करार अवधि सकिएर पनि हाजिर भइरहनेमा सूचना अधिकृत खगेन्द्र गुरागाईं, प्रमुख शाहका चालक जीवन ताजपुरिया, अर्का चालक शम्भु खड्कासहित स्वास्थ्य र कृषिका कर्मचारी छन्।

नयाँ पनि नियुक्त हुन सकेन
गौरादह नगरपालिकाले इन्जिनियर, ओभर सियर, स्टाफ नर्स, अमिन, कानुनी सल्लाहकारका लागि चैतमा नै विज्ञापन गरेको थियो। तर विषयविज्ञ तोक्ने विषयमा विवाद हुँदा अहिलेसम्म ती कर्मचारी नियुक्त हुन सकेका छैनन्। शाहले विषयविज्ञ तोक्ने विषयमा विवाद भएकाले अहिलेसम्म नियुक्ति गर्न नसकेको बताए। ‘साथीहरू कार्यपालिका बैठकमा निर्णय गरेर विषयविज्ञ तोक्न भन्नुहुन्छ,’ उनले भने, ‘तर म परीक्षाको गोपनीयता राख्न त्यसो गर्न दिने पक्षमा छैन। नेकपा पक्षधर कार्यपालिका सदस्यहरू भने निर्णय गरेर विज्ञ तोक्नुपर्ने मागमा छन्।’ शाहले विवाद बढेकै कारण नियुक्ति हुन नसकेको स्वीकार गरे।

कर्मचारी अभावकै कारण नगरका योजनामा समेत प्रभाव परेको छ। नेकपाका नेता तथा वडानम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले कर्मचारी नियुक्तिसम्बन्धी मापदण्डमा छलफल भए पनि विज्ञ तोक्ने विषयले ढिलाइ नभएको बताए। अहिले प्रमुख शाहले एकजना विज्ञ र कार्यपालिकामा निर्णय गराएर अर्को विज्ञ ल्याउने विषयमा समेत विवाद भएपछि कर्मचारी नियुक्ति अनिर्णित छ। नगरपालिकाको निर्देशिकामा समेत प्राविधिक कर्मचारी नियुक्तिका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकमा प्रमुखले तोकेको विषयविज्ञ, कार्यपालिकाले सिफारिस गरेको एकजना विषयविज्ञ र सम्बन्धित शाखाप्रमुख सदस्य रहने व्यवस्था छ।

प्रकाशित: २६ कार्तिक २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App