coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

वडाध्यक्षका दावेदारहरुनै कांग्रेसमा प्रवेश

रामेछाप– मंसिर १४ मा हुने स्थानीय निकायको उपनिर्वाचनका लागि पार्टीले वडाध्यक्षको टिकट नदिएको भन्दै सत्तारुढ नेकपाबाट वडाध्यक्षका दुइ जना दाबेदार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लाको उमाकुण्ड गाउपालिका–५ प्रितिका पदम बहादुर तमाङ र चित्र बहादुर तमाङ सोमबार कांग्रेसमा प्रवेश गरेका हुन्। 

वडाध्यक्षका लागि मंसिर १४ गते हुने उपनिर्वाचन नेकपाले टिकट नदिएको भन्दै उनीहरु नेपाली कांगे्रसमा प्रवेश गरेका हुन्। दुबैलाई गाउँ इकाइ कमिटीले वडाध्यक्षका उम्मेदवारका लागि सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको थियो। 

नेकपा जिल्ला कमिटीले वडाध्यक्षमा कुलबहादुर बस्नेतको नाम सिफारिश गरेपछि असन्तुष्ट रहेका वडाध्यक्षको टिकट दाबी गरि रहेका २ जना तमाङसहित १० जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापले जनाएको छ।

‘तत्कालिन एमालेका नाममा १५ वर्ष ठूलै संघर्ष गरियो तर पार्टीले मूल्यांकन नगरेकोले अबको राजनीतिक यात्रा कांग्रेसमा रहेर अघि बढाउने निर्णयसहित कांग्रेसमा प्रवेश गरें’ पदम बहादुरले भने। उक्त वडामा नेपाली कांग्रेसले भने सावित्री सुनुवारलाई वडाध्यक्षमा टिकट दिएको छ। 

सो वडामा यस अघि एमालेबाट निर्वाचित वडाध्यक्ष कुविर खत्री कोसीमा हामफालेर आत्महत्या गरेका कारण पुनः निर्वाचन हुन लागेको हो। 

प्रकाशित: २५ कार्तिक २०७६ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App