coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्पेनमा समाजवादी पार्टीको अग्रता

म्याड्रिड, स्पेन- प्रधानमन्त्री पेद्रो साञ्चेजको दल स्पेनी समाजवादी पार्टीले आइतबार भएको आम निर्वाचनमा अग्रता कायम गरेको छ।

निर्वाचनमा बक्स पार्टीले पहिलेकोभन्दा बढी सफलता पाउने अनुमान गरिएको छ। संसदीय निर्वाचनमा आएको नतिजाले फेरि एक पटक स्पेनमा सरकार गठनका बिषयमा जटिलता रहने देखिएको छ।

सोमबारसम्म देशभरको करीब ९० प्रतिशत मत गणना सकिएको छ । जसमा समाजवादी पार्टीले २८ प्रतिशत मत प्राप्त गरेको छ। अप्रिलमा भएको निर्वाचनको तुलनामा समाजवादी पार्टीको सीट सङ्ख्यामा केही कमी आउने देखिएको छ।

अप्रिलको निर्वाचनमा प्रधानमन्त्री साञ्चेजको समाजवादी पार्टीलाई ३५० सीटमध्ये १२३ आएको थियो। यसपटक उक्त सीटबाट केही गुम्ने आधार ९० प्रतिशत मत परिणाम घोषणा भइसक्दा देखिएको छ।

स्पेनको अनुदारवादी पिपुल्स पार्टीले अप्रिलको तुलनामा केही सीट बढाउने देखिएको छ। अप्रिलमा १६.६९ प्रतिशत मत प्राप्त गरी ६६ सीट जित्न सफल भएको पिपुल्स पार्टीले यस पटक २०.८१ प्रतिशत अर्थात ८८ सीटको हाराहारीमा जीत हाँसिल गर्ने देखिएको छ।   

त्यस्तै वक्सले अघिल्लो निर्वाचनमा १०.२६ प्रतिशत मतसहित २४ सीट ल्याएर तेस्रो स्थानमा रहेकोमा यस पटक  करिब पाँच प्रतिशत मत बढी (जम्मा १५ प्रतिशत) ल्याई करिब ५२ सदस्य जित्ने देखिएको छ। सिन्ह्वा

प्रकाशित: २५ कार्तिक २०७६ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App