coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाजुरा क्याम्पसमा नेविसंघको तालाबन्दी

बाजुरा- आर्थिक अनियमितताको आरोपसहित नेपाल विद्यार्थी संघले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसको मान्यता पाएको बाजुरा क्याम्पस राजनीति गर्ने अखेडा बनेको र क्याम्पस प्रशासनले सामान खरिदमा आर्थिक अमियमितता गरेको आरोपसहित नेविसंघले तालाबन्दी गरेको छ।

सार्वजनिक विज्ञप्तीमार्फत नेविसंघले ६ बुँदे मागसहित तालाबन्दी गरेको क्याम्पस इकाइ सचिव धनबहादुर थापाले बताए। बाजुरा क्याम्पसले आंगिक क्याम्पसको औपचारिक उद्घाटन कार्यक्रम राखेको अघिल्लो दिन नेविसंघले विरोध स्वरुप तालाबन्दी गरेको हो।

राजनीतिक आस्थाको प्रवर्धन गर्ने गरि क्याम्पस प्रशासनले उद्घाटन मिति तय गरेकोले सर्वपक्षिय भेलाबाट मिति घोषणा गरिनुपर्ने, छात्रवृत्ति वितरणमा समानता ल्याउनुपर्ने, क्याम्पसमा निर्माण भएका भवनको गुणस्तर छानबिन गरिनुपर्ने, लामो समयसम्म पनि क्याम्पसमा पठन पाठनमा संलग्न नहुने र विदामा बस्ने प्राध्यापकको विषयमा आवश्यक छानबिन गरिनुपर्नेलगायतका मागहरु अघि सारेका छन्।

बाजुरा क्याम्पस प्रशासनले भने सबै पक्षसँगको सहकार्यमा उद्घाटन मिति तय गरिएको दाबी गरेको छ। क्याम्पस प्रशासनको निर्णय अधिकार भएकोले उपलब्ध सबैसँगको छलफलपछि उद्घाटन मिति तय गरिएकाले यसलाई नै राजनीतिक आस्थासँग जोड्नु गलत भएको क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले बताएका छन्।

बाजुरा क्याम्पसले आंगिक क्याम्पसका रुपमा औपचारिक उद्घाटनका लागि नेकपाका प्रदेश कमिटी अध्यक्ष एवं पूर्वउद्योगमन्त्री कर्णबहादुर थापालाई बोलाएको छ। सँगै डिन र रजिष्टारलाई समेत उद्घाटनमा बालाएको छ। नेविसंघले भने उद्घाटनमा नेकपाको नेता बोलाएकोमा असहमति जनाएको र अन्य सबै आरोप मात्र भएको श्रोतको दाबी छ।

स्वतन्त्र विद्यार्थी युनियनले भने नेविसंघले त्यसलाई प्रतिसोध मात्र साँध्न खोजेको बताएको छ। स्ववियु पनि अनेरास्ववियूले नै जितेको छ। आंगिक क्याम्पस बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको र शीर्ष नेतालाई नै बोलाएर उद्घाटन गरिँदा बखेडा झिक्नुको कुनै अर्थ नरहेको स्ववियु सभापति चेतनदीप अयडीले बताएका छन्। 

क्याम्पसमा तालाबन्दी गरिएपनि उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन समारोहमा सहभागि हुन पूर्वउद्योगमन्त्री सहित विश्वविद्यालयका डिन, रजिष्टार सबै जसो बाजुरा आइपुगेका छन्।

प्रकाशित: २५ कार्तिक २०७६ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App