coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मोदीको पुत्ला जलाउँदैमा कालापानी फिर्ता आउँदैनः बस्नेत

ताप्लेजुङ- नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउँदैमा नेपाली भूमी फिर्ता नहुने बताएका छन्। तरुण दल ताप्लेजुङद्धारा सोमबार ताप्लेजुङ सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उनले सचेत नेपालीको शान्तिपुर्ण संघर्ष र सरकारले कुटनीतिक पहलबाट मात्रै नेपाली भूमीको रक्षा गर्न सकिने धारणा राखेका हुन्।

भारतले केहि दिनअघि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो बनाई नयाँ नक्सा सार्वजनिक गरेपछि केहि संघ संगठनले उत्तेजित भएर आन्दोलन गरेकोतर्फ संकेत गर्दै बस्नेतले भने, ‘राष्ट्रियता हामीमा पनि छ, नेपालको एक मुठ्ठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य हुँदैन, अब कालापानीमा गएर शान्तिपुर्ण आन्दोलन गर्छौं।’  तत्काल देखिने कदम चाल्न सरकारलाई उनले आग्रह समेत गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०७६ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App