coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन संग्रौलाको सरकारसँग माग

फाइल फोटाे

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेकी छिन्। सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले लिपुलेक, कालापानी हाम्रो हो भनेर संसदबाट प्रस्ताव पारित गरेर भारतसँग राजनीतिक वार्तामा बस्न पनि सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई गर्न नहुने बताइन।

लिपुलेक, कालापानी हाम्रो हो भनेर सदनबाट प्रस्ताव पारित गर्न पनि संसदको हिउँदे अधिवेशन तत्काल बोलाउनु पर्दछ,’ उनले भनिन ‘भारतसँगको सीमा समस्या समाधानका लागि सर्वपक्षीय राजनीतिक वार्ता भयो, अब सदन बोलाएर त्यसबाट पनि यो प्रस्ताव पारित गरेर अघि बढनुपर्छ।’ सांसद संग्रौलाले भारतले सीमा अतिक्रमण भएको राजनीतिक नक्सा सार्वजनिक गरेर नेपालको स्वाभिमान माथिनै आँच पु¥याउन लागेको उल्लेख गर्दै दुई मुलुकबीचको सीमा एकीन गर्न पनि सरकारलाई सचेत गराइन।

कांग्रेस सांसद संग्रौलाले भारतले नेपाली भूमि हड्पेको दावी गर्दै अब ती समस्या समाधानका लागि सरकारले निर्णायक वार्ता गर्ने बेला आएको पनि पटक पटक दोहो-याइन।

प्रकाशित: २५ कार्तिक २०७६ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App