coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डा. केसीमाथि प्रशासनले बल प्रयोग गरेपछि डडेल्धुरामा आन्दोलन

डडेल्धुरा – आमरण अनसनरत डा. गोबिन्द केसमथि प्रशासनले बल प्रयोग गरी अस्पतालबाट लैजान खोजेपछि डडेल्धुरामा आन्दोलन चर्किएको छ। अनशनको आठौ दिन सोमबार बिहान प्रशासनले बल प्रयोग गरी डा. केसीलाई अस्पताल बाट बाहिर लैजान खोजेको थियो।

आठ दिन सम्म सरकाररले कुनै वास्ता साथै कुराकानी सम्भौता नै नगरी बल प्रयोग गरी अपहरण शैलीमा काठ्माण्डौ लैजान खोजेपछि बिहानैदेखि डडेल्धुरा सदरमुकाममा सडक जाम गरिएको छ।

अनसनरत डा. केसीको रक्तचाप र पिसाबमा समस्या आएपछि उनलाई शुक्रबार राती करिब साढे आठ बजे अनसन स्थल बाट डडेल्धुरा अस्पताल सारिएको थियो। त्यसैगरी सोमबार बिहान ८ बजे प्रशासनले बल प्रयोग गरी उनलाई अस्पताल बाट पनि अन्यत्रै तथा काठ्माण्डौ लैजान खोजिएपछि आन्दोलन चर्किएको हो।

जिल्ला सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली स्थानीयले सडक अवरुद्ध पारेका छन। नागरिक समाजको अगुवाइमा विभिन्न संघ संस्था र स्थानीयको सहभागितामा सात यता डा. केसीको समर्थनमा डडेल्धुरा सदरमुकाममा ¥याली, प्रदर्शन, जुलुस हुदै आएकोमा सोमबार बिहानै देखि सडक बन्द गरिएको छ।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएका डा. केसीलाई प्रहरीले अस्पतालको शैय्याबाट उठाउन खोजेपछि सरकारप्रति आक्रोस पोख्दै उनले अपहरण गर्न खाजेको बताए। स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै डडेल्धुरा अस्पतालमा उपचार सम्भव नहुने भन्दै प्रहरी प्रशासनले उनलाई जबर्जस्ति उठाउन खोजेको थियो।

स्वास्थ्य उपचार सेवा पाउनु पर्ने माग राखी आफु अनसनमा बसेको बताउँदै डा. केसीले डडेल्धुरा वासी तथा सुदूरपश्चिमका सात पहाडी जिल्लावासीको उपचारको व्यवस्था गर्न सरकार सँग माग गरे।

उपचार नपाएर बर्सेनी कयौ स्थानीयले ज्यान गुमाउनु परेको जनाउँदै उनले त्यस कारण डडेल्धुरा वा डोटीमा मेडिकल कलेज स्थापना गर्नु पर्ने बताए। सरकारले जबरजस्ती गरेको बताउँदै उनले माग पुरा नभए सम्म डडेल्धुराबाट कतै नहल्लिने सरकारलाई चेतावनी दिए।

डा. केसीको समर्थन प्रदर्शनमा उत्रिएका स्थानीइहरुले उनका मागप्रति सरकारले उदाशिनता देखाउँदै जबरजस्ती यँहाबाट लैजान खोजेको भन्दै कडा आन्दोलनको सुरुवात भएको प्रतिक्रिया दिएका छन। हामीले डा. केसीका माग पुरा हुनु पर्छ भनि एक्यबद्धता जनाउदै समर्थनमा शान्तिपुर्ण -याली, प्रदशर्दन र जुलुस निकालेका थियौ।

आन्दोलनका अगुवा निर्माण व्यवसायी संघका महासचिव लवराज भट्टले भने, ‘सरकारले कुनै प्रतिक्रिया नै नजनाई उनलाई जबरजस्ती उठाउन खाज्यो यसले स्थानिय सबै आक्रोसित बनेका छन। यस कारण बिहानैदेखि सडकमा टायर बाली जाम गरिएको छ।’ यसअघि आइतबार सरकारी गाडी मात्रै बन्दको आह्वान गरेको थियो। अब अनिश्चितकालका लागि सरकारी गाडी त बन्द गरिए नै माग पुरा नभए सम्म आन्दोलन झनै उग्ररुप लिएको छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App