coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अज्ञात समूहद्धारा बसमा आगजनी

file photo

घोडाघोडी- कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ।

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए।

दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए। रासस

प्रकाशित: २५ कार्तिक २०७६ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App