८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा बोहरा

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले विभिन्न केन्द्रीय निकाय गठन गरेको हो।

बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिव अशोक रोकायलाई चयन गरेको छ।  त्यसैगरी निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधवप्रसाद पौडेललाई चयन गरेको छ।

लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरिएको छ। पार्टीको केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाल र सचिवमा नन्दकुमार थापा छानिएका छन्। ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई छानिएको छ।  नेकपाले प्रवास संगठन भने अझै टुंग्याएको छैन।

प्रकाशित: २५ कार्तिक २०७६ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App