७ वैशाख २०८१ शुक्रबार
कला

सकियो जनकपुरको साहित्य महोत्सव

धनुषा - जनकपुरधाममा आयोजना भइरहेको नेपाल साहित्य महोत्सवको जनकपुर संस्करण सकिएको छ। कला र साहित्यको प्रवद्र्धनको लागि बुक वर्म फाउन्डेसनले आयोजना गरेको तीन दिने महोत्सव विभिन्न अन्तक्र्रियासहित आइतबार सकिएको थियो।

महोत्सवमा साहित्यिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, सम–सामायिक लगायतका ११ वटा सत्रहरु सञ्चालन भएका थिए। आइतबार आयोजना भएका विभिन्न सत्रमा साहित्यकारहरुले बहस गरेका थिए। महोत्सवअन्तर्गत आयोजित ‘साहित्यमा मधेशी पात्र’ शीर्षकको बहसमा साहित्यकार नयनराज पाण्डेले नेपाली साहित्यकारहरुले मधेसको पीडा र समस्या बुझ्न नसक्दा पात्रको रुपमा कम लिने गरेको बताए। ‘मधेसको वास्तविक पीडा नेपाली साहित्यमा आउँदैनन्,’ उनले भने, ‘पीडा बुझ्न नसक्दा रचना नहुनु स्वभाविक हो।’ साहित्यकार सिमा अभासले जात र भूगोलको अधारमा मधेसी पात्रलाई छुट्याउन नसक्ने बताइन। ‘काठमाडौंमा पनि मधेसीको बसोबास छ। जात र भूगोलको आधारमा पात्र छुट्याउनुको कुनै अर्थ छैन,’ उनले भनिन्।

‘साहित्य सम्झना’ शीर्षकको सत्रमा उमाशंकर, गोपाल अस्क तथा रोशन जनकपुरीसँग श्याम शशिले बहस गरेका थिए। साहित्यकार गोपाल अस्कले भोजपुरी साहित्यको बारेमा जानकारी गराउँदै भोजपुरी साहित्यको पनि उच्चतम र सन्तोषजनक स्थान रहेको बताए। ‘भोजपुरी भाषी र बाँसी हेपाइको कारण अझै प्रदेशको नामाकरण र भाषा टुंगो लाग्न सकेको छैन,’ उनले भने। साहित्यकार रोशन जनकपुरीले मैथिली भाषा सबैभन्दा पुरानो रहेको भन्दै मेचीदेखि महाकालीसम्म बोल्ने गरेको स्मरण गराए।

‘पूर्वीय दर्शन र जनकपुर’ शीर्षकमा साहित्यकार रामभरोस कापडी भ्रमर र विजय सिंहसँग सुरेन्द्र लाभले बहस गरेका थिए। विजय सिंहले कला साहित्य राज्य पक्षबाट ओझेलमा परेको बताए। ‘कला, साहित्यलाई उचाइमा पु¥याउन राज्य गम्भिर हुनुपर्छ,’ उनले भने,‘राज्य गम्भिर नभएसम्म कला क्षेत्रको विकास हुन सक्दैनन्।’

महोत्सवमा साहित्यकार सीमा अभाष, इम्तियाज वफा, गनी अन्सारी, सरिता चौधरी, रुपेश श्रेष्ठ, धीरेन्द्र प्रेमर्षि, विजय दत्त मणी, विन्दु ठाकुर र मनिष झालगायतले कविता वाचन गरेका थिए। उनीहरुले लैगिक हिंसा अन्त्यमा केन्द्रित कविताहरु वाचन गरेका थिए।

हिंसा हुने घर र विद्यालयलाई केन्द्रविन्दु बनाएर साहित्यकारहरुले कविता वाचन गरेका थिए। हिंसा न्युनीकरण गर्नको लागि घर र विद्यालय केन्द्रित रहेर व्यापक बहस सुरु गर्न जरुरी रहेको कविताको भावमा उल्लेख गरिएको थियो। साहित्यकारहरुले राजनीति र समाजको वर्तमान परीपेक्षलाई समटेर पनि कविता वाचन गरेका थिए। सरकार, सदन र नेताहरुको वास्तिवक चरिणलाई उजागर गरेका थिए।

प्रकाशित: २५ कार्तिक २०७६ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App