७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सीमा विवाद कूटनीतिक तवरले सुल्झाइयोस्’

काठमाडौं – नेपाल लोकतान्त्रिक पार्टीले नेपाल–भारतको सीमा विवाद कूटनीतिक तवरले सुल्झाउन सरकारलाई सुझाएको छ।

पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो सुझाव दिएको हो। ‘सरकारले अविलम्ब राष्ट्रिय सहमति र सहकार्यमा सार्थक किसिमको राजनीतिक तथा कूटनीतिक कदम चालोस्। प्रत्येक नेपाली नागरिकलाई एकता, वीरता र धीरता संगाल्दै संयमित एवं शालीन शैलीको विरोधका लागि उत्प्रेरित गरोस्। यसमा विलम्ब ग-यो भने अकल्पनीय दुष्परिणाम बेहोर्नु नपर्ला भन्न सकिँदैन,’ पार्टीकी कार्यकारी अध्यक्ष गीता क्षेत्री राणाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

भारतले जारी गरेको राजनीतिक नक्सामा लिपुलेक समावेश गरेपछि देशभर यसको विरोध भइरहेको छ। विज्ञप्तिमा सुगौली सन्धीपछि लिपुलेक, कालापानी नेपालको भूभाग रहेको चीन र भारतलाई जानकारी भएको विज्ञप्तिमा उल्लेख छ।

भारतले तत्काल उसको राजनीतिक नक्सा सच्याएर भविष्यमा यस्ता त्रुटिन नदोहो¥याउन भारतसँग माग गरेको छ।

भारतले आफ्नो नक्सामा नेपालको भूमि राख्दा पनि यसविरुद्ध सरकारले प्रभावकारी काम गर्न नसकेको विज्ञप्तिमा जनाइएको छ। ‘सरकारले आकस्मिकरूपमा मन्त्रिपरिषद् एवम् राज्य–संयन्त्रका सरोकारवाला निकाय सुरक्षा, नापी आदिका प्रमुखहरूको बैठक डाक्नुपथ्र्यो। व्यापक र गम्भीर छलफल गरी आधिकारिक धारणा बनाउनुपथ्र्यो। उक्त धारणालाई तत्काल सर्वदलीय बैठकमा प्रस्तुत गरेर राष्ट्रिय सहमतिका आधारमा ठोस र परिणाममुखी कदम चाल्नुपथ्र्यो,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App