coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शीर्ष ताक्दै पिएसजी र आर्सनल

पेरिस- पेरिस सेन्ट जर्मेन (पिएसजी) र आर्सनल समूहको शीर्ष स्थान कब्जा जमाउने होडमा रहँदा नेपोली, बेन्पि्कका र बेसिक्टासले मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन प्रतिस्पर्धा गर्दैछन्।

समूह ‘बी’ का तीनै टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना रहेकाले उनीहरू समूह चरणको अन्तिम खेल जित्ने लक्ष्यमा हुने छन् । च्याम्पियन्स लिगका ८ मध्ये समूह ‘बी’ मात्र यस्तो समूह हो जहाँबाट अझै अन्तिम १६ मा प्रवेश पाउने टोलीको कुनै टुंगो लागेको छैन।

सन् १९६१ र १९६२ मा विजेता बनेको बेन्पि्ककाले त्यसयता उल्लेख्य प्रदर्शन गर्न सकेको छैन। समूह चरणको पाँचांै खेलमा बेसिक्टाससँग अंक बाँडेपछि बेन्पि्ककाले नकआउट चरण पुग्ने मौका गुमाएको थियो। तीन गोलको अग्रता लिनुका बाबजुद बेन्पि्कका बेसिक्टाससँग ३–३ बराबरीमा रोकिएको थियो। टर्किस क्लब बेसिक्टास भने प्रतियोगीताबाट बाहिरिइसकेको डिनामो किभलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाउने अभियानमा छ।

समूह चरणको अन्तिम खेलमा नेपोलीले बेन्पि्ककाको सामना गर्दैछ। यसअघि घरेलु मैदानमा सम्पन्न खेलमा नेपोलीले बेन्पि्ककालाई ४–२ ले पराजित गरेको थियो। बेसिक्टासले भने घरेलु मैदानमा किभसँग अंक बाँड्न बाध्य भयो।

बेसिक्टासले डिनामो किभलाई पराजित गरे अर्को चरण पुग्ने सम्भावना बलियो छ। बेक्किटासको ७ अंक छ भने नेपाली र बेन्पि्ककाको समान ८–८ अंक छ।

टर्कीको राष्ट्रिय दैनिक पत्रिका सबाबले आइतबार किभको मौसम अत्यन्तै चिसो हुने र तापक्रम शून्य डिग्री सेल्सियस पुग्न सक्ने भन्दै खेल रद्द हुने सम्भावना रहेको जनाएको छ। उक्त पत्रिकाले अरस ओज्बिल्ज, एन्डरसन तालिस्का र केनर इर्किन उपचारक्रममा रहेकाले टिममा सामेल हुन नसक्ने जनाइएको छ।

लिस्बनमा हुने नेपोली र बेन्पि्ककबीचको विजेताले समूहको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउने छ। बराबरीले भने नेपोली हेड टु हेडका आधारमा अर्को चरण पुग्नेछ। अर्को खेलमा  बेसिक्टास पराजित भए नेपोली र बेन्पि्कका स्वतः अर्को चरण  जाने छन्।

‘हामीले निश्चित जितका लागि खेल्नुपर्छ,’ नेपोलीका प्रशिक्षक माउरिजियो सारीले भने, ‘यो कठिन खेल हुनेछ। विशेष गरी अन्तिम २० मिनेट निर्णायक बन्न सक्छ।’

समूह ‘ए’ मा यसअघि नै नकआउट चरण पुगिसकेका आर्सनल र पिएसजीको समान ११ अंक छ। अन्तिम खेलमा पराजित भएमा पनि दुबै टोलीलाई केही फरक पर्दैन। यसै समूहका रहेका बसेल र लुडोगोरेट्स राजग्रड भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

समूह ‘सी’ बाट बार्सिलोना विजेता र म्यानचेस्टर सिटी उपविजेता हुँदै अर्को चरणमा प्रवेश गरिसकेका छन्। समूहको अन्तिम खेलमा सिटीले सेल्टिकविरुद्ध खेल्दा बार्सिलोनाले भने मोन्चेनग्लाडबाचसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘डी’ बाट एट्लेटिको मड्रिड  समूह विजेता र जर्मन क्लब बायर्न म्युनिखले नकआउट चरणमा स्थान बनाइसकेका छन्। तेस्रो स्थानमा रहेको एफसी रोस्तोभको भने पिएसभी इन्डहोभेनलाई पराजित गर्दै युरोपा लिगमा छनोट हुने दाउ छ।

च्याम्पियन्स लिगका सबै खेल सुरु हुनुअघि गत साता कोलम्बियामा जहाज दुर्घटनामा निधन भएका ब्राजिली पहिलो श्रेणीको क्लब चापाकोइन्जेका खेलाडी, पत्रकार लगायत ७३ जनाको सम्झनामा १ मिनेट मौनधारण गरिनेछ।

प्रकाशित: २१ मंसिर २०७३ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App