७ वैशाख २०८१ शुक्रबार
समाज

श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

सोलुखुम्बु– श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोताङ गाउँपालिका–५ की ४० वर्षीय श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा ४२ वर्षीय श्रीमान शिव नेपालीलाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको छ।

घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए। घटनाको कारण खुल्न सकेको छैन्। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०७६ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App