काठमाडौं– पत्रकार तथा सामाजिक अभियन्ता अशोक दर्नाल सम्मानित भएका छन्।
जातीय छुवाछूतको व्यवहारिक अन्त्यका लागि महाकाली–मेची पदयात्राको अगुवाई गरेका दर्नाललाई उपलब्धी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ११ औं साधारणसभामा सम्मान गरेको हो। पदयात्राको सुरुवाती चरणमा उपलब्धी बहुउद्देश्यी सहकारी संस्थाले पत्रकार सम्मेलनदेखि जिल्लाहरुमा समान्वयकारी भूमिका निर्वाह गरेको थियो।
कार्यक्रममा दर्नालका साथै पत्रकार विजय चापागाईं र ज्येष्ठ सदस्यहरु पद्मभक्त खरेल, पद्मलोचन ढुंगेल, मोहनबहादुर केसीलगायतलाई पनि सम्मान गरिएको थियो।
संस्थाको ११औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाका अध्यक्ष देवराज शर्माले गत आवमा २७ दशमलव ८० प्रतिशत निक्षेप संकलन गरी ३४ करोड ७१ लाख पुर्याइएको जानकारी दिए। संस्थाले गत वर्ष ३३ लाख ४७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ।
संस्था योजना तथा विकास उपसमिति संयोजक विपिन शर्माले आफूहरु आर्थिक कारोबारसँगै खाद्यान्न व्यापार र साहित्यिक क्षेत्रमा काम गर्दै आएको बताए। संस्थामा साहित्यकार जोडिनु महत्वपूर्ण विषय भएको बताउँदै शर्माले साहित्यकारलाई सदस्य बनाएर साहित्यिक पत्रिका प्रकाशन गर्नुका साथै खाद्य भण्डारसमेत सञ्चालन गरेको बताए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत