५ वैशाख २०८१ बुधबार
समाज

वडाध्यक्ष पक्राउ

नुवाकोट- नुवाकोटको म्यागङ गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध (चरेस) को मुद्दामा दोसी ठहराई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंको पत्र अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिई गएका प्रहरी टोलीले तामाङलाई गाउँबाटै पक्राउ गरेको हो।

तामाङलाई विसं २०६१ साल जेठ २७ गते काठमाडौं जिल्ला अदालतले ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो। त्यस समयदेखि नै तामाङ महानगरीय प्रहरी परिसर टेकु काठमाडौंको फरार सूचीमा रहेका थिए। यस अघि  तामाङ ३ महिना जेलमा बसेर ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए।

आइतबार जिल्ला प्रहरी कार्यालयले तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा बुझाईएको प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए। म्यागङ –५ का वडा अध्यक्ष पक्राउ
नुवाकोट– नुवाकोटको म्यागङ गाउँपालिका–५ का वडा अध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध (चरेस) को मुद्दामा दोसी ठहराई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंको पत्र अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिई गएका प्रहरी टोलीले तामाङलाई गाउँबाटै पक्राउ गरेको हो।

तामाङलाई विसं २०६१ साल जेठ २७ गते काठमाडौं जिल्ला अदालतले ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो। त्यस समयदेखि नै तामाङ महानगरीय प्रहरी परिसर टेकु काठमाडौंको फरार सूचीमा रहेका थिए। यस अघि  तामाङ ३ महिना जेलमा बसेर ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए।

आइतबार जिल्ला प्रहरी कार्यालयले तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा बुझाईएको प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए।

प्रकाशित: २४ कार्तिक २०७६ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App