७ वैशाख २०८१ शुक्रबार
समाज

विदेशी मुद्रासहित एक अमेरिकी पक्राउ

काठमाडौं- प्रहरीले अवैध अमेरिकी लडरसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनालाई पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडानबाट दिल्ली जान लागेका राहदानी नम्बर ४८१२४६१५४ बाहक अमेरिकी नागरिक ४५ वर्षीय टेसबुम तेनजिन दोर्जी डलर र रद्द गरिएका भारतीय नोटसहित पक्राउ परेका हुन्। उनले लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर १ सय दरको २ सय थान, ५० दरको २ थान र २० दरको ७ थान गरी २० हजार २ सय ४० तथा भारतीय रुपैयाँ १ हजार दरका २९ थान र ५ सय दरका १४ थान गरी ३६ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ।

दोर्जीलाई  बरामद विदेशी मुद्रासहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७३ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App