७ वैशाख २०८१ शुक्रबार
राजनीति

सीमा अतिक्रमणविरूद्ध महेन्द्रनगरमा क्रान्तिकारीको प्रदर्शन

कञ्चनपुर — नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समावेश गरेको बिरोधमा विप्लव नेतृत्वको प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले सुदूरपश्चिमको महेन्द्रनगरमा प्रदर्शन गरेका छन्।

अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो।

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा विभिन्न क्षेत्रबाट निकालेको र्याली मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बबरजंग सिंह र कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेका थिए। प्रदर्शनको नेतृत्व अखिल क्रान्तिकारीका क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र शाहले गरेका थिए।

प्रकाशित: २४ कार्तिक २०७६ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App