coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१ सय ५३ कुकुरको बन्ध्याकरण

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिकाको पशु शाखाले आयोजना गरेको सामुदायीक तथा घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविरमा १ सय ५३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ।

कात्तिक १९ देखि २२ सम्म संचालन गरिएको शिविरमा सल्लेरी, फाप्लु, दोर्पु लगायतका क्षेत्रमा पालिएका तथा सडकका कुकरलाई बन्ध्याकरण गरिएको हो। पहिलो दिन ३९ वटा कुकुरको बन्ध्याकरण गरिएको शिविरमा दोस्रो दिन ३८ वटा, तेस्रो दिन ४६ वटा र चौथो तथा अन्तिम दिन ३० वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप दिइएको पशु शाखा प्रमुख लेखनाथ बास्तोलाले जानकारी दिए।

हिमालयन एनिमल रेस्क्यू ट्रष्ट पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ९१ वटा भोले र ६२ वटा पोथी कुकरको बन्ध्याकरण गरिएको छ। शिविरको समापनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप दिएर पुर्वसावधानीको काम गरेको बताए। उनलेभने, ‘आगामी वर्षमा पनि बन्ध्याकरण र खोपको शिविरलाई निरन्तरता दिदै लैजाने छौ’।

हिमालयन एनिमल रेस्क्यू ट्रष्ट पोखराका संचाल कनिर्देशक खगेश्वर भट्टराईले कम्तीमा पनि ४ बर्ष निरन्तर बन्ध्याकरण र खोप दिन सके रेविज उन्मुलन र कुकुरको जनसंख्या नियन्त्रण गर्न सकिने बताए।

प्रकाशित: २४ कार्तिक २०७६ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App