७ वैशाख २०८१ शुक्रबार
खेल

निर्धारित मितिमै साग हुने निश्चित

काठमाडौं – नेपालमा मंसिरको तेस्रो सातादेखि तय १३औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना निर्धारित मितिमै हुने भएको छ। यसअघि दुई पटक मिति सरेको १३औं सागको आयोजना आगामी मंसिर १५ देखि २४ गतेका लागि तय भए पनि यस पटक पनि मिति सर्न सक्ने आकलन गरिएको थियो। यद्यपि, शनिबार नेपालमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बोर्ड बैठकपश्चात् आयोजक नेपालले पूर्वनिर्धारित समयमै १३औं आयोजना हुने प्रस्ट्याएको छ।

बैठकमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सर्वसम्मतिबाटै १३औं साग निर्धारित समयमा सम्पन्न गर्न जोड दिएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए।

‘सहभागी सबै राष्ट्रको उत्सुकता र दुबिधालाई हाम्रो सरकारको तर्पmबाट युवा तथा खेलकुदमन्त्री (जगतबहादुर विश्वकर्मा) र राखेपका प्रतिनिधिबाटै प्रस्ट पा¥यौं,’ श्रेष्ठले भने,‘साथै सहभागी राष्ट्रबाट पनि सुझाव प्राप्त गरेका छौं। उहाँहरूले पनि सहयोगी भूमिका खेल्नुभएको छ। त्यसैले यस पटक निर्धारित समयमै साग हुन्छ।’ शनिबारको बैठकबाट एथ्लेटिक्सको प्रत्येक विधामा एक राष्ट्रबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्न पाउने निर्णय भएको छ।

यसअघि एक विधामा प्रत्येक राष्ट्रबाट एक खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रावधान  थियो। तर अन्तर्राष्ट्रिय नियममा दुई खेलाडीले प्रतिपस्र्धा गर्न पाउने भएकाले र सहभागी राष्ट्रको पनि आग्रहपश्चात् एक विधामा दुई खेलाडीले प्रतिस्पर्धा गर्न पाउने प्रावधान राखिएको हो। साइक्लिङ र बक्सिङको ९१ केजीतर्पmको विधा पनि थप गर्ने निर्णय गरिएको छ। शनिबार साग आयोजक राष्ट्र नेपालले सबै राष्ट्रका प्राविधिक टोलीसँग पनि बैठक गरेको थियो।

आगामी आयोजक पाकिस्तान
त्यस्तै १३औं सागको समापनकै अवसरमा आगामी साग आयोजक राष्ट्रलाई झन्डा हस्तान्तरण गरिने भएको छ। अल्फाबेटिकल अर्डरको आधारमा पाकिस्तान आगामी सागको आयोजक राष्ट्र हुनेछ। पाकिस्तानले नगरेको खण्डमा श्रीलंका र माल्दिभ्सले संयुक्त आयोजना गर्ने प्रस्ताव राखेका छन्।

दुवै राष्ट्रको सरकारका प्रतिनिधिले उक्त प्रस्ताव राखेका थिए। साग दुई वर्षको बीचमा हुने भए पनि पछिल्ला संस्करण लामो समयपश्चात् मात्र भइराखेकाले खेलाडीलाई समस्या परिरहेको समेत बोर्डले निस्कर्ष निकालेको छ। साथै आगामी सागलाई समयमै गर्न  आयोजक राष्ट्रसँग सम्झौता गर्ने निर्णय गरिए पनि विधानमा सो कुरा उल्लेख नभएको श्रेष्ठले जानकारी दिए।

‘वर्णानुक्रमअनुसार आगामी संस्करणको साग आयोजना गर्ने पालो पाकिस्तानको हो,’ श्रेष्ठले भने, ‘हामी उहाँहरूलाई अफिसियल रूपमा पत्र पठाएपछि प्रतिक्रिया हेर्छौं। त्यसपछि मात्र आगामी संस्करणको आयोजक निक्र्यौल हुनेछ।’ झन्डा हस्तान्तरणपश्चात् पनि ६ महिनाभित्र दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निरीक्षणबाट आयोजक परिवर्तन गर्न सकिने भएको छ।

‘हामी विधान संशोधनको चरणमा छौं,’ अध्यक्ष श्रेष्ठले भने,‘२÷२ वर्षमा पालैपालो साग आयोजना गर्ने चलन छ। तर, विविध कारणले लामो समयसम्म प्रतियोगिता आयोजना नहुने भइरहेकाका छन्। त्यसैले आयोजक राष्ट्रसँगको सम्झौता प्रक्रिया अगाडि बढाएका हौं।’ श्रेष्ठले आगामी १३औं साग समयमै हुनेमा शंका नगर्न पनि आग्रह गरेका छन्।

‘सरकारको तर्पmबाट मन्त्रीज्यूले सबैमा आग्रह गरिसक्नुभएको छ,’ श्रेष्ठले भने, ‘मंसिरको १५ देखि नै साग हुने भएकाले तयारी तीव्र गर्न मन्त्रीज्यू र सदस्यसचिवले भनिसक्नुभएको छ। साथै उहाँहरूले आफ्नो तयारी पनि सही तरिकाले अघि बढेका स्पष्ट पार्नुभयो।’ बैठकपश्चात उपस्थित काउन्सिलका सदस्यहरूले पोखराका पूर्वाधारहरू निरीक्षण गरेका छन्। सहभागी राष्ट्रका ओलम्पिकका प्रतिनिधि तथा सेफ दि मिसनको टोलीले शनिबार पोखरामा खेल स्थल अनुगमन तथा निरीक्षण गरेका छन्।

उक्त टोलीले आइतबार १३औं साग पोखरासँग संयुक्त बैठक गर्दै साग तयारीका बारेमा जानकारी लिनेछ। राखेप सदस्यसचिव रमेश सिलवालले शनिबार पोखराका खेलस्थल निरीक्षणपश्चात आइतबार काठमाडौंका खेल स्थल निरीक्षण गर्ने बताएका छन्।  उक्त टोलीले आइतबार १३औं साग पोखरासँग संयुक्त बैठक गर्दै साग तयारीका बारेमा जानकारी लिनेछ।

टोलीको अनुगमनपश्चात्ु मात्र नेपालले १३औं साग आयोजनाको पूर्णता पाउन सक्नेछ। १३औं सागमा नेपालको तीन स्थान पोखरामा ९ खेल र जनकपुरमा कुस्ती खेलको प्रतिस्पर्धा हुँदा बाँकी खेल काठमाडौंमा मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदै छ। यद्यपि, १३औं सागको उद्घाटन र समापन गर्ने प्रमुख स्थल दशरथ रंगशालाको भिआइपीतर्फको प्यारापिट अझै बन्न बाँकी छ भने पोखरा रंगशाला पनि पूर्ण रूपमा बन्न सकेको छैन।

नेपालको स्वर्ण पदक आशा गरिएको प्याराग्लाडिङ नहुने पक्कापक्की भइसकेपछि २७ खेलबाट २६ खेलले मात्र १३औं सागमा प्रतिस्पर्धा गर्नेछन्। जसमा हालसम्म आयोजक राष्ट्रले मात्र सबै खेलमा सहभागिता जनाउने भएको छ। बंगलादेश र श्रीलंकाले २५÷२५ खेलमा सहभागिता जनाउनेछन्। सागमा सबैभन्दा कम खेलमा सहभागिता जनाउने देशमा माल्दिभ्स रहेको छ। माल्दिभ्सले ११ खेलमा मात्र भाग लिने भएको छ।
भारतले १७, पाकिस्तानले १८, भुटानले १४ खेलमा भाग लिने भएका छन्। यद्यपि, खेल दर्ताको अन्तिम मितिको समय बाँकी रहेकाले राष्ट्रले प्रतिस्पर्धा गर्ने खेल संख्या बढ्न पनि सक्नेछ। आगामी १५ नोभेम्बरसम्म अन्तिम दर्ता भनिए पनि २० नोभेम्बरसम्म बढ्न सक्ने भएको छ। यस पटक आयोजक नेपालबाट करिब ६ सय ४८ खेलाडी सहभागी रहने प्रारम्भिक अनुमान रहेको छ।

यद्यपि, नेपालको अभैm पनि केही खेलको अन्तिम छनोट बाँकी रहेको छ। श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२ र पाकिस्तानबाट ४ सय १३ जना खेलाडीको हाराहारीमा सहभागिता हुनेछ। अन्य देशको पनि खेल संख्या बढेकाले खेलाडीको प्रतिस्पर्धा बढ्न सक्नेछ। शनिबार नेपालमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बोर्ड बैठकपश्चात् आयोजक नेपालले पूर्वनिर्धारित समयमै १३औं आयोजना हुने प्रस्ट्याएको छ।

 

प्रकाशित: २४ कार्तिक २०७६ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App