coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट एक जना घाइते

अर्घाखाँची - जिल्लाको सन्धिखर्कमा गएराति एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, अर्घाको मिनिकोटमा लोकमणी आचायमाथि खुकुरी प्रहार भएकोे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। गम्भीर घाइते आचार्यको जिल्ला अस्पताल अर्घाखाँचीमा सामन्य उपचारपछि भैरहवा रिफर गरिएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए।

आँखाले कम देख्ने आचार्यलाई बेलुकाको समयमा खुकुरी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ। घटनास्थलमा प्रहरी पुगेको र खुकुरी प्रहार गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए।

 

प्रकाशित: २४ कार्तिक २०७६ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App