८ वैशाख २०८१ शनिबार
अर्थ

कहिले बन्छ आइसिपी ?

भैरहवाभन्सारपारि भारतको सुनौली–नौतनवा सडकमा नेपालप्रवेशको पर्खाइमा रहेकामालबाहक गाडीको लस्कर।

बुटवल – दुई देशबीच सम्झौता भएको १२ वर्ष बिति सक्दा पनि नेपाल–भारत सीमानाका बेलहिया–सुनौलीमा बनाउने भनिएको एकीकृत जाँचचौकी (आइसिपी)निर्माण सुरु भएको छैन। आयोजना अलपत्र अवस्थामा छ।

दुई मुलुकबीचको आयात–निर्यातलाई सहज बनाउने उद्देश्यले २०६४ सालमा भारत र नेपाल सरकारबीच सीमामा आइसिपी निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौतामा दुवै देशका तर्फबाट आवश्यक जग्गा अधिग्रहण गरी भारत सरकारको प्राविधिक तथा आर्थिक लगानीमा चौकी निर्माण गर्ने भनिएको छ।

सम्झौता अनुरुप नेपालले भैरहवा भन्सारसँग जोडिएको सटेको करिब ५२ बिघा जग्गा २०६८ सालमै अधिग्रहण गरिसकेको छ। अधिग्रहण गरिएको जग्गामा तारबार गर्नुका साथै सुरक्षापोस्ट भवनबनेको सहरी विकास कार्यालय भैरहवाका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले बताए।

आइसिपीका लागि नेपालले गर्नुपर्ने तयारी तथा काम सबै पूरा गरिसकेको अधिकारीहरुले बताएका छन्। तर भारततर्फजग्गा अधिग्रहणकै विषय अहिलेसम्म टुंगिएको छैन। भारततर्फ भैरहवा भन्सारदेखि पारिपट्टि उत्तरप्रदेश राज्यको महाराजगन्ज जिल्लास्थित सुनौली र आसपासको केवटलिया गाँउको ७७ हेक्टर जमिन आइसिपीका लागि अधिग्रहण गरिने छ। त्यसमध्ये ७० प्रतिशत जमिन अधिग्रहण भइसकेको भारतीय अधिकारीहरुले बताएका छन्। सुनौलीव्यापार मण्डलका अध्यक्ष सुभाष जैसवालले करिब ७० प्रतिशतजग्गाधनीले मुआब्जा बुझिसकेको महाराजगन्ज जिल्लाका भूमिअधिकारीहरुलाई उद्धृत गर्दै बताए।

बाँकी जग्गाधनीले मुआब्जा रकममा चित्त बुझाएका छैनन्। जैसवालका अनुसार किसानले मुआब्जा रकम चित्त नबुझाएको बहना देखाइएपनि राजनीतिक दलका नेता तथा विधायककै स्वार्थमा समस्या सिर्जना गरिएको छ।

भैरहवा भन्सार देशकै दोस्रो ठूलो व्यापारिक नाका हो। दैनिक सयौं मालबाहक गाडी सुनौली–बेलहियानाका हुँदै नेपाल प्रवेश गर्छन्। दैनिक करोडौंको मालसामान आयात हुन्छ। यो नाकाको दुवैतर्फ बजार क्षेत्र छ। सीमापारि सुनौलीमा पनि व्यस्त बजारबाट लोडेड गाडीपास हुनु पर्छ। भारततर्फ भन्सार कार्यालय नहुँदा सडकमै गाडीको जाँचपास गरिन्छ। यसले गर्दा दैनिक ८–१० किलो मिटरसम्म मालबाहक गाडीको जाम लाग्छ। आइसिपी नबन्दा आयात–निर्यातमा निकै समस्या झेल्नु परेको नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष शान्तकुमार शर्माले बताए। दुवैतर्फ नाकामा घन्टौं हुने र लोडेड गाडी हप्ता दिनसम्म बाटोमै बस्नु पर्दा ढुवानी लागत बढेको उनले बताए। ‘डिटेन्सन, डेमरेज लगायतर्चाजले व्यापारीहरु मर्कामा परिरहेका छन्। त्यसका अलावा दुवैतर्फ हुने अवैध असुलीको अर्को समस्या छ,’ अध्यक्षशर्माले भने।

नेपाल–भारत दुवैतर्फ नाका वारिपारि निर्माण गरिने आइसिपीको मुख्य उद्देश्यदुइ देशबीचको व्यापारलाई सहजबनाउनु हो। आइसिपीमा भन्सार, बैंक, प्लान्ट र पशु क्वारेन्टाइन, भन्सार प्रयोगशालालगायत आवश्यक सेवा, सुविधा एकै थलोमा उपलब्ध हुनेछ। यसमा अत्याधुनिक सेवा, सुविधा सहित स्क्यानर जडान हुने भएकाले राजस्व छली हुन पाउँदैन। वीरगन्ज, भैरहवा,विराटनगर र नेपालगन्जमा आइसिपीनिर्माण गर्ने सहमति भारत र नेपाल सरकारबीच १२ वर्षअघि नै भएको हो। सहमतिअनुरुप वीरगन्जको आइसिपी सञ्चालनमाआइसकेको छ। विराटनगरमा निर्माण क्रममा छ। नेपालगन्जमा दुवैतर्फ जग्गा अधिग्रहणको काम सकेर निर्माण सुरु हुने तयारीमा छ। भैरहवामा भने भारततर्फ जग्गा अधिग्रहणको काम नै टुंगिएको छैन।

सहरी विकास तथाभवननिर्माण विभागकाउपमहानिर्देशक रामचन्द्र दंगालले आइसिपी निमार्ण सम्बन्धमा दुई देशबीच पटकपटक छलफल भएको र भारत सरकारले छिट्टैआयोजना अघि बढाउने आश्वासन दिएको बताए। सम्भवतः नेपालगन्ज र भैरहवामा एकैपटक निर्माण थाल्ने योजना अनुरुप भारत सरकारले तयारी अगाडि बढाइरहेको हुन सक्ने उनको भनाइ छ।

जग्गा अधिग्रहणकोे निर्देशन
सुनौली–बेलहियामा निर्माण गर्ने भनिएको आइसिसी र सीमा सडक विस्तारका लागि जग्गा अधिग्रहणको काम अघि बढाउन भारतको केन्द्र सरकारले निर्देशन दिएको छ। गत अक्टोबर ९ मा केन्द्र सरकारको पोत परिवहन, सडक परिवहनएवं राजमार्ग मन्त्रालय अन्तर्गतको भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणले महाराजगन्ज जिल्लाका भूमि अधिकारीलाई निर्देशन–पत्र पठाएको हो। सो पत्रमाजग्गा अधिग्रहणको कामअघि बढाउन निर्देशन दिइएको छ।

भारतीय बजार सुनौलीस्थित सुनौलीव्यापार मण्डलका अध्यक्ष सुभाष जैसवालले केन्द्र सरकारको निर्देशनअनुरुप बाँकी जग्गाको मुआब्जा वितरणका लागि स्थानीय प्रशासन र किसानबीच छलफल चलिरहेको बताए। ‘केन्द्रबाटै नौतनवा–सुनौलीसडक र आइसिपीका लागि जग्गा अधिग्रहणको काम टुंग्याउन निर्देशन दिइएपछि राज्य सरकार पनि तातेको छ। अब छिट्टै निर्माणको काम सुरु हुने अधिकारीहरुले बताएका छन,’ जैसवालले भने। आइसिपी नबन्दा नेपालमा मात्रै नभई भारतीय व्यापारीले पनि निकै समस्या झेल्नु परेकाले आफूहरुले पनि आइसिपी निर्माणको काम छिटो थाल्न सम्बन्धित निकायलाई आग्रहगरिरहेको जैसवालले बताए।

विराटनगरको निर्माण सकियो
यसैबीच, राससबाट प्राप्त समाचारमा विराटनगरको बहुप्रतीक्षितएकीकृत भन्सार जाँचचौकी (आइसिपी) को निर्माणकार्य सम्पन्नभएको छ। विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा एक सय २९ बिघामा आइसिपीको संरचनातयार गरिएको छ। चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भएपनि यसको निर्माण कार्य सन् २०१६ बाट सुरु भएको हो।

भारतका अहमदावादको दिनेशचन्द्र आर अग्रवालले भारतीय रकमएक अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कमा लिएको थियो। विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट सुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेका जोगबनी बजार पनि सहजहने र सवारीको चाप स्वतः घट्ने अनुमानगरिएको छ।

विविधकारणले निर्माणमा ढिलो भएको भनिएपनिअगामी केहीदिनमै सो जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहजहुने भन्सार अधिकृत मणिराम पौडेलले बताए। भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि सो चौकी सञ्चालनमाआउनेउनले बताए। यसबाट भन्सारका हरेक गतिविधिलाई व्यवस्थित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: २४ कार्तिक २०७६ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App