८ वैशाख २०८१ शनिबार
राजनीति

सर्वदलीय बैठकः बाबुराम, कमल थापा र खिलराज बालुवाटारबाट बाहिरिए

तस्बिर : रासस

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारको सर्बदलीय बैठकमा नेताहरुले सीमा विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट सुल्झाउन सुझाव दिएका छन्। 

भारतले नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो नयाँ नक्सामा समावेश गर्दा विरोध चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि सर्बदलीय बैठक बोलाएका थिए। बैठकमा सहभागी भएर समाजवादी  पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्ष प्रकाशचन्द्र लोहनी, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी भर्खरै बाहिरिएका छन्। 

बाहिरिएका चारै नेताले नेपाली भूमि कुनै हालतमा छोड्न नहुने र सीमामा देखिएको विवाद राजनीतिक र कुटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई सुझाव दिएको बताए। 

पूर्वप्रधानमन्त्री भट्टराईले कालापानी, लिपुलेक लगायत नेपाल–भारतबीचको सीमा विवादबारे दुई देशका प्रधानमन्त्रीबीचमै छलफल हुनुपर्ने बताए। ‘विगतमा परराष्ट्र सचिवहरुको आयोग बनाएर वार्ता भए पनि प्रभावकारी भएन’, उनले भने, ‘अब दुई प्रधानमन्त्रीबीच छलफल हुनुपर्छ। राजनीतिक आयोग बनाएर अघि बढ्नुपर्छ।’ भट्टराईले सीमा विवादबारे वार्ता गर्न अहिले उचित समय रहेको भन्दै ढिला गर्न नहुने र यथेष्ट प्रमाण जुटाउनुपर्ने बताए।

राप्रपा अध्यक्ष थापाले परराष्ट्र सचिवको बैठक छिटो भन्दा छिटो बोलाउनुपर्ने बताए। 

राप्रपा संयुक्तका अध्यक्ष लोहनीले नेपाली भूमि छोड्न नहुने भन्दै सम्वादबाटै निष्कर्षमा पुग्नुपर्ने बताए।  

मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सीमा विवादको न्यायोचित सहमति खोज्नुपर्ने बताए। 

तस्बिर : रासस
तस्बिर : रासस
तस्बिर : रासस
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App