coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य सहीत १६ जना पक्राउ

बाजुरा- प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाजुराको गौमुल गाउँपालिका–३ माझपालीबाट प्रहरीले एकै साथ १६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको नेतृत्वमा गएको प्रहरीको टोलीले विप्लव नेतृत्वको नेकपाका केन्द्रिय कमिटी सदस्य चुडामणी ओली सहित १६ जना नेता तथा कार्यक्रता प्रक्राउ गरेको हो।

पक्राउ परेका विप्लव समुहका नेता तथा कार्यक्रताबाट केही दस्ताबेज सहित महत्वपूर्ण कागजातहरु समेत नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा केन्द्रिय सदस्य रोल्पा गंगादेब गाउँपालिका–३ जुनावाका बर्ष ५२ का चुडामणी ओली, बाजुरा त्रिवेणी नगरपालिका २ छतारा घर भएका जिल्ला कमिटी सदस्य डम्म सुनार रहेका छन्। त्यस्तै अछाम जिल्ला ढकारी गाउँपालिका–२ बस्ने २४ बर्षका नरेश शाही, कैलाली घोडाघोडी–१ बस्ने २८ बर्षका दिपक प्रकाश सुनार, बाजुराको हिमाली गाउँपालिका–१ का अमलाल थापा र सोही ठाँउका धर्म बहादुर थापा समेत छन्।

यसैबीच पक्राउ पर्नेमा अछाम बिनायक नगरपालिका–८ का उदय कसेरा सोही नगरपालिका–२ का राजेश कुमार शाही,अछाम तुर्माखाद गाँउपालिका–७ का डबल बहादुर नेपाली,बाजुराको हिमाली गाँउपालिका–१ का धर्मसिंह बोहारा छन्। यस्तै बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका–१ की कुष्मा विक, अस्मिता विक, सुस्मिता विक, अछामको ढकारी–२ बस्ने कमला विक र बझाङ्ग मष्टा गाँउपालिका–१ बस्ने सृष्टि सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पक्राउ परेका १६ जना मध्ये १४ जना विप्लव नेकपाका साधारण सदस्य र एक जना केन्द्रिय कमिटी सदस्य ,एक जना जिल्ला कमिटी सदस्य रहेको प्रहरीले जनाएको छ। बझाङ्ग जिल्लाबाट गौमुल गाउँपालिकाको कोट हुदैं माझपाली बाजुरा प्रवेश गर्दै गरेको अवस्थामा नियन्त्रणमा परेका हुन्।

प्रहरीले बिशेष सुराकीका आधारमा पक्राउ गरेको बताएको छ। उनीहरुलाई खोज तलास गरी कारबाही अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस अघि पनि बाजुरामा प्रहरीले जिल्ला सेक्रेटरी सहीत १६ जना नेता कार्यकर्ता पक्राउ गरिएको थियो।

प्रकाशित: २३ कार्तिक २०७६ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App