ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमुक्त

शनिबार, २३ कार्तिक २०७६, १२ : ५८ नागरिक

रियो डि जानेरो- ब्राजिलका पूर्व राष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त भएका छन्।  

ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उनलाई शुक्रबार रिहा गरिएको अधिकारीहरुले जनाएका छन्। कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उनले अदालतको आदेशअनुसार जेल सजाय भोग्दै आएका थिए।

वकर्स पार्टी (पिटी) का नेतासमेत रहेका पूर्व राष्ट्रपति लुला हिरासत मुक्त हुन लागेको बेला उनका धेरै समर्थकहरुले नारावाजी गर्दै स्वागत गरेका थिए। उनलाई ब्राजिलको सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको हो। ब्राजिलमा एउटा मुद्धामा तीन पटकसम्म पुनरावेदन गराउन पाइने व्यवस्था भए अनुसार पुनरावेदन गराएपछि उनलाई रिहा गरिएको जनाइएको छ।

पुनरावेदनका लागि निवेदन दिइएको मुद्धाको अन्तिम किनारा नलागेसम्म उनलाई थुन्न नपाईने अदालतको आदेश रहेको अधिकारीहरुले जनाएका छन्। न्यायाधिश डानिलो पेरेइरा जुनिरको इजलाशले पूर्वराष्ट्रपति लुलालाई थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो। पूर्व राष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचार सम्वन्धी मुद्धामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो।

उनले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै अस्विकार गरेका छन्। राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई मुद्धा लगाइएको उनको भनाई रहदै  आएको छ। लुलाले सत्तामा रहँदा पदको अनावशयक फाइदा उठाइ आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उनलाई ब्राजिलको अदालतले जेल सजाय तोकेको थियो।

ब्राजिलमा अहिले पनि निकै लोकप्रिय नेता लुलालाई यसअघिको निर्वाचनमा उम्मेदवारी दिनसमेत नदिने आदेश गरिएको थियो। सिन्ह्वा

 






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad