८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुको वार्ता अर्को हप्ता

सोल- संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुबीच आगामी हप्ता दक्षिण कोरियाको राजधानी सोलमा वार्ता हुने भएको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको शुक्रबार प्राप्त एक समाचारमा उल्लेख गरिएको हो। दक्षिण कोरियाका रक्षामन्त्री जोङ क्योङ डु र अमेरिकी रक्षामन्त्री मार्क एस्परबीच हुने सो वार्ता वार्षिक रक्षामन्त्रीस्तरीय द्धिपक्षीय वार्ता हो।

आगामी शुक्रबार हुन लागेको सो वार्ता दुई देशबीचको ५१ औँ सुरक्षा परामर्श बैठक पनि रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ। उक्त वार्ताका क्रममा यी दुई देशबीचमा आपसी सुरक्षा सम्बन्ध मामिलाका विषयमा कुराकानी हुने बताइएको छ।

यसका साथै कोरियाली प्रायद्धीपमा जारी सुरक्षाको अवस्था, उत्तर कोरिया एवम् अन्य क्षेत्रीय शुरक्षाका विविध विषयमा कुराकानी हुने पनि उक्त विज्ञप्तिमा जनाइएको छ।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता दुई पटकसम्म भएको छ। आगामी दिनमा पनि यी दुई देशबीचका वार्ताको सम्भावना रहेका समाचारहरु आएका छन्।

यस अवस्थामा दक्षिण कोरिया र अमेरिकाका रक्षामन्त्रीहरुको वार्ता हुन लागेकोले यसलाई महत्वपूर्ण विषयका रुपमा पनि लिइएको छ। सिन्ह्वा

 

प्रकाशित: २३ कार्तिक २०७६ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App