अयोध्या विवाद

राम मन्दिरको पक्षमा सर्वोच्चको फैसला, मस्जिद बनाउन वैकल्पिक भूमि दिन आदेश

शनिबार, २३ कार्तिक २०७६, १२ : ०८ एजेन्सी

काठमाडौं - अयोध्याको विवादित जमीनका विषयमा भारतको  सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको छ। राम मन्दिर बाबरी मस्जिद विवादमा सर्वोच्चले  शनिबार निर्णय सुनाउँदै अयोध्याको विवादित जमिनमा मुस्लिम पक्षको दाबीलाई खारेज गर्दै हिन्दू पक्षलाई जमीन दिन फैसला सुनाएको हाे।

अदालतले यो पनि भनेको छ कि राम जन्मभूमि न्यासलाई २.७७ एकड जमीनको हक मिल्नेछ। यससँगै राम मन्दिर बनाउने बाटो खुलेको छ। सो क्षेत्रमा मन्दिर बनाउन केन्द्र सरकारले तीन महिनाभित्र एउटा ट्रस्ट बनाउनुपर्नेछ। मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिइने सर्वोच्चले उल्लेख गरेको छ। मुस्लिम पक्षलाई मस्जिद बनाउनका लागि पाँच एकड जमिन दिन केन्द्र सरकारलाई आदेश दिएको छ।

भारतीय एनडीटिभीकाअनुसार पाँज जना न्यायाधिशको संवैधानिक इजलासले सुनाएको फैसलामा शिया बोर्डको अपिल समेत खारेज गरेको छ।

सीजेआइले भनेको छ, पुरातत्व विभागको जाँचलाइ मध्यनजर गर्दै कोर्ट यो फैसलामा पुगेको छ। मस्जित कहिले बन्यो, कसले बनायो स्पष्ट भएन। पुरातत्व विभागको रिपोर्टमा विवादित जमीनको तल मन्दिर थियो भनिएकाे छ। तर रिपोर्टमा मन्दिर भत्काएर मस्जित बनाइएको भने बताएको छैन।

दुबै पक्ष यो मान्न तयार छन् कि यहाँ दुबै पक्ष पूजा गर्थे। पुरातत्व विभागको प्रतिवेदनअनुसार खाली जमीनमा मस्जित बनाइएको थिएन।

राम मन्दिर–बाबरी मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो ‘म्याराथन’ सुनुवाई गएको अक्टोबर १६ मा पूरा गरेको थियो। राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको थियो।







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad