coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्युत र टेलिकमबीच समन्वय नहुँदा काममा ढिलाइ

विराटनगर- नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिका अन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन्।

सडक निर्माणका क्रममा प्राधिकरणले बिजुलीका पुराना खम्बा परिवर्तन गरी नयाँ अग्ला खम्बा गाड्नुपर्ने र सोही खम्बामा बिजुलीका तारसँगै टेलिकमले पनि आफ्ना तार विस्तार गर्नुपर्ने हुन्छ। सडक निर्माणमा जुटेका निर्माण कम्पनीले सडकलाई कालोपत्र गर्न तयारी अवस्थामा बिजुलीका खम्बा, तार र टेलिकमले सोही खम्बामा आफ्ना तार विस्तार गर्न नसकेका कारण काममा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ।
    
विद्युतका कर्मचारी आउँदा टेलिमका कर्मचारी नआउने र टेलिकमका कर्मचारी आउँदा विद्युतका कर्मचारी नआउने प्रवृत्तिले गर्दा काममा प्रगति हासिल हुन सकेको छैन। विगत केही दिनदेखि विराटनगरका बजारभित्र र बाहिरका सबै सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ भने महानगरपालिकाका प्रमुख भीम पराजुलीको दसैं र तिहार अगावै निर्माणकार्य सम्पन्न गरी नगरलाई धुलोमुक्त शहर बनाउने घोषणालाई दुवै कार्यालयले लत्याएका छन्।

समयमा काम सम्पन्न नहुँदा विराटनगरवासीबाट जनप्रतिनिधि आलोचित भइरहेका छन् भने विद्युत प्राधिकरण र टेलिकमका कर्मचारीको आपसी द्वन्द्वका कारण विकास निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ। विगतदेखि शहरी क्षेत्रमा रहेका बिजुलीका खम्बा होचा र त्यसमा पनि टेलिफोनका तारसँगै विभिन्न केबलका तार जोडिएकाले सडक कुरुप देखिन थालेका छन्। रासस

प्रकाशित: २३ कार्तिक २०७६ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App