coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बैतडीमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो

बैतडी– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कांग्रेस बैतडीले उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको हो। सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा उम्मेदवारको टुंगो लगाएको कांग्रेस बैतडीले जनाएको छ।

सुर्नया गाउँपालिका–१ को वडा कार्यसमितिको बैठकले वडाध्यक्षमा गजेन्द्रबहादुर चन्दको नाम सिफारिस गरेको छ। यस्तै पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका सचिव बीरबहादुर बिष्टले बताए। दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई वडाध्यक्षको चुनावी मैदानमा पठाएको छ। 

यसअघि नेकपाले तीनवटै वडामा उम्मेदवारको टुंगो लगाइसकेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सम्बन्धित पालिका कमिटीको सिफारिसमा दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए। यसका साथै साना दलले पनि आफ्ना उम्मेदवारको टुंगो लगाउन आन्तरिक तयारी थालिरहेका छन्। कांग्रेसले सुर्नया गाउँपालिका–१ मा प्रचारप्रसार समिति गठन पनि गरेको छ। प्रचारप्रसार समितिको संयोजकमा दासीराम टेलर र उपसंयोजकमा पदमराम टेलर छन्। 

निर्वाचन कार्यालयले पनि तीन वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन अधिकृतसमेत खटाइएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०७६ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App