७ वैशाख २०८१ शुक्रबार
राजनीति

धार्मिक सहिष्णुताका लागि नेपाल अनुकरणीयः महत

भारत,केरला - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले दक्षिण एसियाका विभिन्न मुलुकहरूमा आपसी सम्झदारी,भाइचारा,समानता र सहिष्णुता बढाएर दक्षिण एसियामा भएका देश र जनता बिचको दुरीलाई कम गर्नुपर्ने बताएका छन्।

शुक्रबार भारतको केरलामा सुरु भएको साफको २९ औ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले एक अर्काको धर्म सँस्कृती र रितिरिवाजलाई सम्मान गर्दै फरक समुदायका बिचमा पनि समानता खोज्नु पर्नेमा जोड दिएका छन्। सहमहामन्त्री महतले गौतम बुद्धको जन्म भएको देश नेपालमा हिन्दु,बौद्ध,इसाई,मुस्लिम लगायतका विभिन्न धर्महरु बिचको सहिष्णुता अनुकरणीय रहेको धारणा राखे।

उनले एउटा समुदायले अर्को समुदायलाई र एउटा धर्मले अर्को धर्मलाई सम्मान गरेर मात्रै विश्वमा शान्ती प्राप्त हुने जिकिर गरे। साफको सम्मेलनको अध्यक्षता भारतका प्रसिद्ध चिन्तक श्री सत्य पालले गरेका थिए भने सम्मेलनमा नेपाल,भारत,बंगलादेश, श्रीलंका, भुटान लगायतका मुलुकबाट भाग लिन १५० जना प्रतिनिधि भारतको केरलामा पुगेका छन्।

प्रकाशित: २३ कार्तिक २०७६ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App