राम–जानकी विवाह सम्पन्न

सोमबार, २० मङि्सर २०७३, १७ : ४७ नागरिक

महेन्द्रनगर (धनुषा)– प्राचीन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज सम्पन्न भएको छ ।

भारतको अयोध्या तथा राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव सम्पन्न भएको हो ।

आइतबार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह भएको थियो। यस अवसरमा जानकी मन्दिरलाई नवदुलही झै सिँगारिएको थियो । जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको मूर्तिमा विधिवत् पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको हो ।

मिथिलामा बेहुलालाई भोजन गराउँदा मिथलानी महिलाहरूले गीत गाउने चलन छ ।

‘राजा जनकजी के बाग मे अलवेला दुल्हा आयो रे’ ............................,
‘दुल्हा चिन्हीलियौ अपन दुलारी के, के छैत प्राणप्यारी के ना.....................’

यस्ता गीतमार्फत बेहुला र जन्तीहरूसँग हाँसो ठट्ठा गर्ने चलन छ । हाँसो ठट्ठाको माध्यम पारम्परिक लोक गीत हुन् ।

गत मङ्गलबारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन साेमबार रामकलेवा भएको हो । रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न भएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए। रासस





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad