८ वैशाख २०८१ शनिबार
समाज

एकसातादेखि वृद्ध बेपत्ता, अवस्था अझै अज्ञात

लहान- विगत एक सातादेखि बेपत्ता भएका सप्तरीको खडक नगरपालिका–१ सिस्वाबेल्हीका एक वृद्धको अवस्था अझै अज्ञात छ।

गाउँमै नर्सरी व्यवसायी सञ्चालन गर्दै आएका स्थानीय ७० वर्षीय लवटोलिया नर्सरीवाला भनेर चिनिने अगहनु साह गत शनिबार रातिदेखि बेपत्ता भएका हुन्। सामान्य मानसिक सन्तुलन बिग्रिएका साह छठपर्वको राति अचानक घरबाटै बेपत्ता भएको उनका छोरा दुनालाल साहले जानकारी दिए।

बेपत्ता भएको भोलिपल्टैबाट बुबालाई खोजी गरे पनि हालसम्म फेला नपरेकाले खोजतलासका लागि प्रहरीमा समेत खबर गरिएको दुनालालको भनाइ छ।

आफ्ना, आफन्तदेखि छरछिमेक गाउँमा समेत खोजी गर्‍यौँ तर अहिलेसम्म बुबा फेलापर्नुभएको छैन, दुनालालले भने 'बुवाको फोटोसहितको पर्चा छपाएर शहरबजारमा समेत खोजी गरिरहेका छौँ।' रासस

प्रकाशित: २२ कार्तिक २०७६ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App