७ वैशाख २०८१ शुक्रबार
समाज

गैरपत्रकारलाई वितरण गरेको सदस्यता खारेज गर्न माग

काठमाडौं–मिडिया नेपालले पत्रकार महासंघका पदाधिकारीले गैर पत्रकारलाई सदस्यता वितरण गरेको भन्दै आपत्ति जनाएको छ। मिडिया नेपालको केन्द्रीय कार्य समितिको चितवन बसेको बैठकले क्रियाशिल पत्रकारलाई महासंघको सदस्यताबाट बन्चित गर्ने तर विभिन्न जिल्लामा गैरपत्रकारलाई सदस्यता दिएर नेतृत्व कब्जा गर्न लागेको भन्दै आपत्ति जनाएको हो।

मिडिया नेपालले  महासंघले गैर पत्रकारलाई वितरण गरेको सदस्यता खारेज गर्दै वास्तविक पत्रकारलाई सहज ढंगले सदस्यता प्राप्त गर्न सक्न अवस्था सृजना गर्न माग गरेको छ।
मिडिया नेपालले पत्रकारलाई संचारगृहले अनिावार्य नियुक्तपत्र दिनुपर्ने, श्रमजिवी पत्रकार ऐन अनुसार न्यूनतम् पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम् पारिश्रमिक पूर्णरुपमा र तत्काल लागू गर्नुपर्ने माग गरेको छ।

प्रकाशित: २० मंसिर २०७३ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App