coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

म्यान्चेष्टर युनाईटेड र सेभिल्ला यूरोपा लिगको अन्तिम ३२ मा

काठमाडौं– म्यान्चेष्टर युनाईटेड र सेभिल्ला युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेका छन्। गएराति सम्पन्न खेलमा आ–आफ्ना खेल जितेपछि दुबै टोली अन्तिम ३२  प्रवेश गरेको हुन्।

युनाइटेडले सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल र स्पेनिस क्लब सेभियाले लक्समबर्गको क्लब एफ ९१ डुडेलाङ्गेलाई ५–२ गोल अन्तरले पराजित गरेका थिए।

युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले गोल गरे। युनाटेडले ४ खेलबाट १० जोडेको छ। यता सेभियाको जितमा मुनीर एल हाड्डडीले ह्याट्रिक गरे। यस्तै मुनास डाबुरले २ गोल गरे। खेलमा डुडेलाङ्गेका डानिल सिनानीले २ गोल फर्काएका थिए। 

समूह ‘ए’ मा रहेको सेभियाले ४ खेलमा १२ अंक जोडेको छ। ३ अंक जोडेको डुडेलाङ्गे तालिकाको अन्तिममा रहेको छ। यता 
इटालियन क्लब लाजियोलाई २–१ गोल अन्तरले पराजित गर्दै सेल्टिक पनि अन्तिम ३२ मा प्रवेश गरेको छ। 

अन्य खेलमा इटालियन क्लब रोमा जर्मनीको बोरुसिया मोन्चेनग्लाडवाचसंग २–१ गोलले पराजित भएको छ। स्पानियोलले राज्ग्राडलाई ६–० गोलले, बसेलले गेटाफेलाई २–१ ले पराजित गरेको छ। गेन्टले उल्सवर्गलाई ३–१ गोल अन्तरले, रेन्जर्सले पोर्टोलाई २ गोल अन्तरले पराजित गरेको छ। 

प्रकाशित: २२ कार्तिक २०७६ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App