coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतको चेतावनी - दुई देशबीचको सम्बन्ध बिगार्न खोज्नेलाई छाेड्दैनाैं

काठमाडाैँ – भारतले आफ्नो नयाँ नक्सामा पुरानाे नक्शाअनुसार नै ल्याइएकाे बताएकाे छ। भारतीय विदेश मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएकाे स्पष्ट पारेकाे छ।

पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले भने,'भारतकाे नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन भएको छैन्, यसमा दुई देशबीचको सम्बन्ध बिगार्न बाह्य तत्व लागेका छन् र उनीहरूलाइ हामी कुनै पनि हालतमा छाेड्दैनाैँ।'

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला प्रवक्ता कुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताए। ‘नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन’, उनले भने।

प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाए। ‘दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्छ। विवादित विषयमा वार्ता र सम्वाद गर्न हामी तयार छौं’, उनले भने।

प्रकाशित: २२ कार्तिक २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App