coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक

काठमाडाैं – नेपाल राष्ट्रबैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ।

राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्दप्रसाद नागिलाले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्ने उद्देश्यलेबैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गरेको जानकारी दिए।

राष्ट्र बैंकले यसअघि पनि एकवर्षे मुद्दती खातामा कोषको रकम लगानी गर्दै आएको बताउँदै उनले भने, ‘लगानीयोग्य रकमबैंक तथा वित्तीय संस्थामा जम्मा गर्नु नियमित प्रक्रिया हो। इच्छुकबैंक तथा वित्तीय संस्थालाई आवेदन खुला गरिएको छ।’

राष्ट्रबैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती खातामा राख्न लागेको उनले जानकारी दिए।

उक्त रकममध्ये क वर्गका वाणिज्य बैंकमा एक अर्ब ३१ करोड, ख वर्गका विकास बैंकमा २४ करोड ५९ लाख र ग वर्गका फाइनान्स कम्पनीमा आठ करोड १९ लाख रुपैयाँ मुद्दती खातामा राख्ने तयारीमा राष्ट्रबैंकले छ।

तर, यो कर्जा लिनबैंक तथा वित्तीय संस्था कम्तिमा दुई वर्ष सञ्चालनमा आएको हुनुपर्नेछ। त्यसैगरी, तोकिएको न्यूनमत पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपी) कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत रहेको हुनुपर्ने, आवासीय कर्जा तोकिएको सीमाभन्दा बढी नभएको हुनु पर्नेछ।

त्यसैगरी, राष्ट्रबैंकले कारबाही गरेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी सञ्चालक सोही संस्थामा आवद्ध नहुनुपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेका संस्था भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरेको नहुनुपर्ने र सर्वसाधारणका लागि छुट्याएको सेयर जारी गरिससेककाबैंक तथा वित्तीय संस्थाले मात्र यो कर्जा लिन पाउँने जनाइएको छ।

यो कर्जाको अवधि मंसिर १ गते सुरु भई आगामी वर्ष २०७७ को कात्तिक ३० गतेसम्म चल्ने छ। उक्त रकममा बोलकबोलका लागि शुक्रबार १ बजेभित्र आवेदन दिनुपर्ने राष्ट्रबैंकले जनाएको छ। हाल मुलुकभरी २८ वटा वाणिज्य बैंक, २९ वटा विकास बैंक, २३ वटा वित्त कम्पनी र ९१ वटा लघुवित्त विकास बैंक सञ्चालनमा रहेका छन्।

प्रकाशित: २२ कार्तिक २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App