८ वैशाख २०८१ शनिबार
राजनीति

उप–निर्वाचन, प्रतिष्ठाको लडाइँ

पाँचथर - जिल्लामा एक गाँउपालिका प्रमुख र दुई वडाध्यक्षको निर्वाचनको मनोनयन दर्ता नहुँदै चुनावी रौनक देखिन थालेको छ। मुख्य प्रतिस्पर्धी नेकपा र नेपाली कांग्रेसको लागि यो निर्वाचन प्रतिष्ठानको लडाइँ भएको छ। जिल्लामा फाल्गुनन्द गाँउपालिकाको प्रमुख, फिदिम १ नम्बर वडाध्यक्ष र हिलिहाङ–७ को वडाध्यक्षमा निर्वाचन हुँदैछ।

फाल्गुनन्द गाँउपालिका र फिदिम–१ यसअघि कांग्रेसले जितेकाले त्यसलाई निरन्तरता दिनु्पर्ने चर्को दबाब छ। तीनै स्थान जित्नका लागि कांग्रेसलाई दबाब देखिन्छ। देशभरि नै बहुमतको सरकार भएको नेकपालाई तीनै ठाँउ जित्नुपर्ने दबाब उत्तिकै छ। नेकपाका तीन केन्द्रीय सदस्य जिल्लामा भएका तथा प्रतिनिधिसभा र प्रदेशसभामा जितेका सांसद भएकाले पनि नेताहरू निक्कै मेहनत गरेर जुटेका छन्। दुवै दलले जित निकाल्न कुनै कसर बाँकी नराख्ने योजना बनाएको नेताहरू बताउँछन्।

नेताहरूले प्रतिष्ठाको लडाइँ बनाएसँगै चुनाव हुने ठाँउमा चहलपहल बढ्दै गएको छ। बढी चासो फाल्गुनन्द गाँउपालिका र फिदिम वार्ड न. १ मा रहेको छ। गाँउपालिका प्रमुख भएकाले फाल्गुनन्दमा बढी दौडधूप देखिन्छ। सदरमुकामको वार्ड भएकाले फिदिम पनि प्रतिष्ठासँग गासिएको छ। ‘तीनै स्थानमा उम्मेदवार तय भएकाले सबै संगठन संरचना चुनावका लागि परिचालन गरिएको छ। पार्टीका प्रचार कमिटी बनाइएको छ। टोल कमिटी बनाएर काम गरिरहेका छन्। जिल्ला कमिटी र स्थानीय जुटेर प्रत्येक घरदैलो र टोलबस्तीमा पार्टीका कुरा पु-याउने काम गरिएको नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले भने, ‘मतदाताको सुरक्षा, पहिचना गर्ने र जनमत तयार गर्ने काम बढाइएको छ। हाम्रो लागि यो निर्वाचन निकै महत्पूर्ण छ।’

नेता विभिन्न चरणका चुनावी कार्यक्रम लिएर गाँउ, टोल पुगेका छन्। चोकचोकमा चिया गफदेखि अन्यत्रसमेत चुनावी चर्चा हुने गरेका छ। उम्मेदवार तय भएकाले गुण दोषको आकलन, अन्य विषयमा छलफल बढेको छ। ‘पुराना जितेका ठाँउसँगै तीनै स्थानमा जित्नका लागि हामी पर्यत्न गरिरहेका छौँ। कम्युनिस्ट सरकारसँगका जनताका असन्तुस्टिले गर्दा हामीलाई जनमत बनाउन सजिलो भएको छ। ठाँउ अनुसारका कार्यक्रम अघि बढाइएका छन्,’ काग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले भने , ‘यो बेला हाम्रो लागि चुनाव निकै महपूर्ण रहेको छ। सोहि अनुसारको तयारी गरेर अघि बढेका छौँ। परिपक्व र जिम्मेवार उम्मेदवार भएकाले हामिलाई जनताको साझ पुग्न सजिलो भएको छ।

मुख्यप्रतिस्पर्धी मानिएकादलहरुसँगै समाजवादि पार्टी, राप्रपा, राप्रपा सयुक्त, लिम्बुवानलगायतका पार्टीले समेत उम्मेदवार बनाएर गतिविधि अघि बढाएका छन्। फाल्गुनन्द गाँउपालिको प्रमुखमा नेकपाका वीरबहादुर कुरुम्बाङ र काग्रेसका जिल्ला सचिव बृजहाङ आङदेम्बेबीच कडा प्रतिस्पर्धा हुने आकलन भइरहेको छ। कुरुम्बाङ यसअघिको निर्वाचनमा समेत उम्मेदवार थिए। यहाँ कांग्रेस जितलाई निरन्तरता दिने कसरतमा छ भने नेकपा जसरी पनि जित निकालेर कांग्रेसको पकड क्षेत्र तोड्ने गरी लागेको छ।

यता सदमुकामभएको फिदिमनगरपालिका वार्ड न. १ मापनिनिक्कै चासो बढेको देखिन्छ। नेकपाले उम्मेदवार बनाएका गजाधर भट्टराईलाई जिताउन नेकपाले निक्कै कसरत गरिरहेको देखिन्छ। विगतमा दुई पटक यही वडामा पराजित भट्टराईलाई योपटक जिताउने दाबी नेकपाको रहेको छ। उनी फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षसमेत हुन्। यस्तै कांग्रेसले सुभराज थापालाई जिताउनका लागि प्रचारात्मक कार्यक्रम गरिरहेको छ। थापा पाँचथर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन्। निर्वाचन प्रचार प्रसारका लागि कार्यालय बनाएर उम्मेदवार तथा नेता कार्यकर्ता लागि परेका छन्।

हिलिहाङ–७ मा नेकपा जितलाई निरन्तरा दिने दाबी गरिरहेको छ। आफ्ना पकड क्षेत्र भएकाले नेकपा ढुक्क छ। नेकपाले गेहनाथ रिजाललाई उम्मेदवार बनाएको छ। काग्रेसले यहाँ जितेर देखाउने दाबी गरिरहेको छ। उसले तिलविक्रम इधिङ्गोलाई उम्मेदवार बनाएको छ। उनी पूर्वगाविस अध्यक्ष पनि हुन्।

प्रकाशित: २२ कार्तिक २०७६ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App