१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाः विधान संशोधन सुझाव समितिमा तामाङ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ।

समितिका सदस्यमा राजेन्द्र लिङ्देन, सुशील श्रेष्ठ, ठाकुरप्रसाद शर्मा, भरतजङ्ग उप्रेती, कुन्तीकुमारी शाही, नरेन्द्र चौधरी र राजाराम बर्तौलालाई जिम्मेवारी दिइएको छ । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि विधान संशोधन गर्न लागिएको छ।

नवगठित समितिका सदस्य बर्तौलाका अनुसार नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन हुने गरी सुझाव सङ्कलन गरेर विधान संशोधनका लागि प्रस्ताव गरिनेछ । आगामी फागुन ६ देखि ९ गते काठमाडौँमा एकीकृत पार्टीको महाधिवेशन हुने छ । अहिलेसम्म ४० जिल्लाभन्दा बढी स्थानमा दुई दलबीच स्थानीय एकता भएको छ । यही मङ्सिर २५ गतेसम्म बाँकी जिल्लामा एकता प्रक्रिया सम्पन्न गरिने जनाइएको छ ।
यसैबीच पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । उक्त बैठकले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्तावबारे निर्णय लिने बताइएको छ। रासस

प्रकाशित: २० मंसिर २०७३ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App