टुँडिखेलमा राजनीति नगरौं, पहिलाकै अवस्थामा ल्याउँछौंः मेयर शाक्य

बिहिबार, २१ कार्तिक २०७६, १९ : ४१ नागरिक संवाददाता

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शंखधर उद्यानमा शंखधरको शालिक निर्माण गर्ने प्रक्रियालाई महानगपालिकाले अघि बढाएको बताएको छ। शंखधर दिवसको अवसरमा बिहीबार काठमाडौं महानगरको वडा नम्बर १५ स्थित लखतिर्थमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।  

‘शंखधर उद्यानमा राष्ट्रिय विभूति शंखधरको शालिक निर्माणका लागि महानगरपालिकाले बजेट छुट्याएको छ,’ उनले भने, ‘शंखधरको शालिक निर्माणमा उहाँको तस्बिरमा एक रुपता कायम होस् भनी त्यो तयारीमा पनि महानगरपालिका जुटेको छ।’ 

त्यसैगरी मेयर शाक्यले शंखधर राष्ट्रिय विभूति भएको स्मरण गराउँदै उहाँको सम्झनामा तखतिर्थमा पुर्ननिर्माणका लागि खरिद प्रक्रिया अघि बढाई सकेको पनि जानकारी दिए। उनले त्यहाँको छेकवारका लागि करीब पाँच लाख बजेट महानगरले दिएको पनि जानकारी गराए।  स्वयम्भू नजिकबाट बगेर आएको पानी लखतिर्थबाट विष्णुमतिमा मिसिएको र त्यहाँको बालुवामा सुन भेटिएपछि त्यसलाई शंखधरले सबैको साझा बनाएपछि उनको सम्झनामा लखतिर्थको ढुंगामा उनको मुर्ति बनाई सम्मान गरेको इतिहास छ। 

मेयर शाक्यले आजै शंखधर दिवसकै अवसरमा काष्ठमाण्डप सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा पनि शंखधरको सम्झना गरे।  

सोही कार्यक्रममा बोल्दै मेयर शाक्यले ‘अकुपाईँ टुँडिखेल अभियान’लाई राजनीतिक रङ नदिन सुझाव समेत दिएका छन्। ‘अकुपाईँ टुँडिखेल अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी आएको छ,’ उनले भने, ‘टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियानमा महानगरपालिका सकारात्मक छ। टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राख्ने दायित्व महानगरपालिकाको पनि हो।  तर, अभियानको बाहनामा केहीले राजनीतिक स्वार्थ पूरा गर्ने र जस लिने होडबाजी गरे भने त्यो राम्रो होइन।’ हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले पनि सक्दो प्रयास गर्ने भन्दै टुँडिखेलमा राजनीति नगर्न आग्रह समेत गरे।  

उनले नेपाली काँग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानप्रति संकेत गर्दै भने– ‘आफु रक्षामन्त्री रहेका बेला सेनालाई संरचना निर्माण गर्न अनुमति दिने अनि अहिले सरकारमा नभएको मौका छोपेर टुँडिखेल मिचियो भन्दै हल्ला गर्ने कुरा राजनीतिक पूर्वाग्रहबाहेक केही पनि होइन,’ मेयर शाक्यले भने, ‘दरबार हाइस्कुल, धरहरा र विर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो। ती संरचनाका निर्माण पूरा हुँदैछन्। ती संरचना पूरा हुने वित्तिकै खुलामञ्च खाली हुन्छ।’ 

मेयर शाक्यले संरचना निर्माण भएसँगै खुलामञ्च खाली हुने भएपछि त्यसको जस लिने होडबाजीमा अभियान सञ्चालन गरिएको त होइन भनी आशंका समेत व्यक्त गरे। 







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad