coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले संघीयता चलाउन जानेनः थापा

फाइल फोटाे

पाँचथर- नेपाली कांग्रेसका नेता गगन थापाले केन्द्रीय सरकारले अधिकार नियन्त्रण गरेर राख्ने तथा संघीयता चलाउन नसक्दा सरकारका कारण दिनप्रति दिन संघीयता जोखिममा परेको बताएका छन्। प्रदेशका मुख्यमन्त्रीहरु बोल्न नसक्ने र प्रधानमन्त्री प्रदेशलाई अधिकार दिन नचाहँदा समस्या आएको उनले बताएका छन्। जिल्लाको फाल्गुनन्द गाउँपालिकाको याम्बाबुङमा आयोजना भएको तरुण गोलकप फुटलब प्रतियोगीता उद्घाटन समारोहमा बोल्दै थापाले यस्तो बताएका हुन्।

‘सरकारले संघीय शासन व्यवस्था चलाउन जानेन। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अरुलाई गाली गर्दै ठिक्क छ। यो अवस्थामा रहने हो भने जनतामा वितृष्णा जाग्ने खतरा छ’ थापाले भने ‘अहिलेसम्मकै शक्तिशालि सरकार छ।  ६ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार छ, एउटामा मिलिजुली सरकार छ। स्थानीय तहमा पनि नेकपाको ठुलो संख्यामा सरकार रहेका छ। तर न संघले काम गर्न सकेको छ, न प्रदेशलाई अधिकार दिएको छ।’

मुख्यमन्त्री संघको कारिन्दा जस्तो भएको उनको भनाई रहेको थियो। ‘संघले प्रदेशको काम गर्ने, अनि प्रदेशले नगरपालिका र गाउापालिकाले गर्ने काम गर्ने अवस्था छ। प्रदेश काम नलाग्ने बनाईयो’ उनले भने ‘सरकारले संघीयता चलाउन जानेन।’
आसन्न उपनिर्वाचनलाई लक्षित गरिएको आसमभालाई सम्बोधन गर्दै थापाले विविधताअनुरुप सरकारले काम गर्न नसकेको आरोप लगाए। विकासका लागि कुनै नयाँ काम गर्न नसकेको बताएका थापाले भने ‘युवकहरु विदेशीएका छन्। गाउँहरु रिक्त छन्।

विकासका लागि काम हुन सकेको छैन्।’ उनले नेकपाले संघीयता चलाउन नजान्दा मुलुक खतरामा पर्ने अवस्था आहिरहेको बताए।  ‘नेकपाको टिममा दुई जना कप्तान हुनुहुन्छ, पूर्वकप्तानहरु पनि छन्। नेतृत्वको विरुद्ध कार्यकर्ता बोल्न सक्ने अवस्था छैन्। अभिव्यक्ति स्वतन्त्रता खुम्चाउने काम मात्र भएका छन्’ उनले भने ‘हिजो नेकपा एमालेले दुई तिहाईले पेलेर जाउँभन्दा कांग्रेसले मानेको भए प्रचण्ड कहिले प्रधानमन्त्री बनौं भनेर दिनगन्ती गने जस्तो हुँदैन थियो। त्यसो गरेको भए प्रचण्ड यतिबेला आफ्ना मान्छे लगाएर विप्लवझैं चन्दा उठाएर बस्थे।’

‘दुई वटा मिलेर हाम्रो जग्गा लैजानेहरुबाट देशको विकासको आश गर्नुनै गलत भएको उनको दाबी थियो। मागेर विकास हुन्छ भन्नेनै गलत भएको उनको भनाई थियो।

प्रकाशित: २१ कार्तिक २०७६ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App