८ वैशाख २०८१ शनिबार
समाज

विषाक्त वायुका कारण दक्षिण एसियामा ६२ करोड बालबालिका प्रभावित

काठमाडौं– युनिसेफले दक्षिण एसियामा विषाक्त वायुबारे तत्काल कदम चाल्नु पर्ने बताएको छ। युनिसेफ कार्यकारी निर्देशक हेनरिएटा फोरले एक विज्ञप्ती जारी गर्दै विषाक्त वायुको खतरामा सबैभन्दा धेरै बालबालिका रहेको बताएका छन्। दुसित वायुका कारण यो क्षेत्रमा ६२ करोड बालबालिका प्रभावित हुने युनिसेफले बताएको छ।

“दक्षिण एसियाका ६२ करोड बालबालिकाले दूषित, विषाक्तहावामा सास फेर्ने गर्दछन्। उनीहरुको फोक्सो सानो हुने हुँदा उनीहरुले वयस्कहरुको तुलनामा दोब्बर सास फेर्छन्। उमेरसँगै आउने प्रतिरक्षा प्रणालीको अभावले गर्दा बालबालिकाले उनीहरुको बिग्रदो स्वास्थ्य र स्नायू प्रणालीमा असरको प्रभाव खेप्नुपरेको छ,’ विज्ञप्तीमा भनिएको छ।

वायुको गुणस्तर संकटको अवस्थामा रहेको विज्ञप्तीमा भनिएको छ। एयर फिल्ट्रेसन मास्क प्रयोग गर्दा पनि हानिकारक वायुको खतरा रहने बताइएको छ।

दक्षिण एसिया र संसारभरका सरकारहरुलाई जैविक ऊर्जा दोहनको सट्टा सफा,नवीकरणीय ऊर्जामा लगानी गर्न, सफा सार्वजनिक यातायातमा पहुँच उपलब्ध गराउन, शहरी क्षेत्रमा हरित क्षेत्रहरु बढाउन, कृषिको शैली परिवर्तन गर्न र हानिकारक रसायनको खुलादहन रोक्नका लागि युनिसेफले आग्रह गरेको छ।

 

प्रकाशित: २१ कार्तिक २०७६ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App