coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना

दोलखा–सुत्केरी गराउन गर्भवती महिला बोकेर गाउँबाट सदरमुकाम आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ। आइतबार राति जिल्लाको लादुक गाउँबाट चरिकोट आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दुर्घटनामा पर्दा सुत्केरी गराउन ल्याउँदै गरेकी महिलासहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्लाका प्रहरी प्रमुख डिएसपी रविन कार्कीका अनुसार गर्भवती महिला बोकेर आउँदै गरेको खोपाचागु स्वास्थ्य चौकीको उक्त एम्बुलेन्स गएराति सवा ९ बजे दोलखा सिगँटी सडक खण्ड स्थित सुनखानी गाविस ४ को सित्का क्षेत्रमा सडकबाट १ सय मिटर तल खसेको थियो।

घटनामा परी लादुक ५ की २७ वर्षीया गर्भवती निता ठकुरी र उनका श्रीमान दिपेश ठकुरी घाइते भएका छन् । घटनामा निताकी जेठानी सिता समेत घाइते भएकी छिन् ।
घाइते निताको सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालमा सुत्केरी गराइसकिएको अस्पतालका चिकित्सक विनोद दंगालले जानकारी दिए।

सुत्केरी भएकी निता र बच्चाको अवस्था सामन्य रहेको उनले जानकारी दिए। यस्तै निताको श्रीमान दिपेशको अवस्था समेत सामन्य छ। उनकी जेठानी सिताको भने सदरमुकाम स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।

प्रकाशित: २० मंसिर २०७३ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App