८ वैशाख २०८१ शनिबार
राजनीति

‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावास अगाडि नेविसंघको प्रदर्शन, ज्ञापनपत्र बुझाइयो

काठमाडौं– नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ।

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बिहीबार लैनचौरस्थित भारतीय दूतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दूतावास अगाडि ‘गो ब्याक इन्डिया, लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो, अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए।

कालापानीलगायतका नेपाली भूमिसमावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेविसंघले त्यसको विरोधमा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो। त्यसक्रममा तत्काल भारतीय नक्साबाट नेपाली भूमि हटाउन पनि माग गरिएका प्ले कार्डहरु पनि प्रदर्शन गरिएको थियो।

प्रकाशित: २१ कार्तिक २०७६ ०८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App