१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पूर्वको व्यापार घाटा १ खर्ब २२ अर्ब

विराटनगर–आर्थिक बर्ष ०७२/७३मा पूर्वाञ्चलको व्यापार घाटा १ खर्ब २२ अर्ब नाघेको छ । पूर्वाञ्चलबाट आर्थिक बर्ष ०७२/७३मा आयातको तुलनामा झिनो मात्रामा निर्यात हु“दा व्यापार घाटा उच्च देखिएको व्यापरिक तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरले जनाएको छ ।

केन्द्रका अनुसार पूर्वको कुल व्यापार १ खर्ब ७५ अर्ब ७९ करोड रुपैया“को भएकोमा निर्यातको हिस्सा मात्रै १५ .२२ प्रतिशत छ । कुल व्यापारमा आयातको हिस्सा भने ८४.७७ प्रतिशत रहेको छ । तथ्याङक अनुसार १ खर्ब ४९ अर्ब बढीको आयात हु“दा निर्यात भने २६ अर्ब ७६ करोड मात्रै   छ । कृषिजन्य बस्तु बाहेक निर्यात भएका  अन्य औद्योगिक बस्तु उत्पादनका लागिपनि कच्चा पदार्थ आयात नै गर्नु पर्ने बाध्यताका कारण पूर्वाञ्चलको व्यापारमा प्रभाव परिरहेको छ। कतिपय कृषि जन्य बस्तुपनि भारतबाटै  आयात हुनाले पूर्वाञ्चलको समग्र व्यापारमा भारतको बाहुल्ल्यता बढ्दै गएको छ । पूर्वाञ्चलको व्यापारमा कुल आयातको करिब ६१ प्रतिशत हिस्सा भारतले ओगटेको छ भने ३९ प्रतिशत हिस्सा तेस्रो मुलुकको रहेको छ। पूर्वबाट निर्यात हुने मुख्य बस्तुहरूमा अलैची, चिया, फलाम तथा स्टीलका सामानहरू, जुटबाट बनेका सामाग्री,धागो टेक्सटायलआदि  रहेका छन्।

आयात हुने बस्तुहरूमा पेट्रोलीयम पदार्थ,फलाम तथा स्टीलका सामान,जनावरको बोसो तथा बनस्पती घ्यु, मिल मेशिनरीहरू,इलेक्ट्रोनिक्स सामानलगायत रहेका छन्। पूर्वाञ्चलबाट गतबर्ष निर्यात भएका बस्तुहरूमा सबै भन्दा बढी मूल्यको अलैंची निर्यात भएको छ । गतबर्ष ४ अर्ब ५९ करोड ६३ लाख रुपैया“को अलैची निर्यात भएको निकासी प्रबद्र्धन केन्द्रले जनाएको छ।  आइरन र स्टिलका सामान पनि ४ अर्ब रुपैया“को  निर्यात भएको छ । पूर्वबाट २ अर्बको चिया,२ अर्ब ८५ करोडको टेक्सटाइल धागो र २ अर्बको  टेक्सटायलका तयारी बस्तुहरू, १ अर्ब ९४ करोडको जुटका डोरी, १ अर्ब ९१ करोड मूल्यको जुटका झोला र वोराहरू निर्यात भएका छन् । यस्तै ९३ करोडको तामाको तार, ५६ करोडको रेडिमेट कपडा,५६ करोडको पीना,५४ करोडको चाउचाउ,४७ करोडको छाला,२९ करोडको अदुवा, २० करोडको जीवित पशु, १३ करोड ५२ लाखको अम्लीसो, ११ करोडको उनका कार्पेट लगायतका बस्तुहरू निर्यात भएका छन् ।

 यस्तै आयात भएका बस्तुहरूमा गतबर्ष सबै भन्दा बढी पेट्रोलियम पदार्थ रहेको छ । गत बर्ष २१ अर्ब ४१ करोडको पेट्रोलीयम पदार्थ पूर्वी नाकाहरूबाट आयात भएको छ  । यस्तै १६ अर्ब ३२ करोडको फलाम तथा स्टील,९ अर्ब ६१ करोडको फष्टफुड, ९ अर्बको जनावरको बोसो तथा वनस्पति घ्यू, ७ अर्बको मेशिनरी पार्टपुर्जा,५ अर्ब ७६ करोड रुपैया“को हरियो सागसब्जी आयात भएको छ।

यस्तै ५ अर्ब ५६ करोडको इलेक्ट्रोनिक उपकरणहरू, ५ अर्बको यातायातको पार्टपुर्जाहरू,३ अर्बको तयारी कपडालगायतका बस्तुहरू आयात भएका छन् । पूर्वाञ्चलमा भारत, चीन,इन्डोनेशिया, वंगलादेश,अर्जेन्टीना,थाइल्याण्ड,साउदीअरब, मलेशिया, क्यानाडा,पाराग्वे लगायतका देशबाट औद्योगिक कच्चा पदार्थ तथा तयारी बस्तुहरू आयात हुने गरेको छ। यस्तै भारत,वंगलादेश,टर्की,अमेरिका,इटाली,चीन,भुटान,क्यानाडा,भीयतनाम, वेलायतलगायतका देशमा कृषिजन्य तथा औद्योगिक   बस्तुहरू निर्यात हुने गरेको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख कृष्ण रेग्मीले जानकारी दिए ।

प्रकाशित: २० मंसिर २०७३ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App