coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘रसुवा कला यात्रा’ सुरु

फाइल तस्वीर

काठमाडौं– चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवर्द्रधनमा टेवा पुर्याउँदै आएको उपत्यकाका कलाकारको समूहले ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन्। चित्रकाला आज बिहीबार देखि रसुवामा सुरु हुने आयोजकले जनाएको छ। 

सामाजिक सञ्जाल फेसबुकबाट जोडिएर हरेक शनिबार उक्त कार्यशाला गर्दै आएका उनीहरुले यसपालि रसुवाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्न लागेका हुन्। 

यसपालि ‘रसुवा कला यात्रा’ नाम दिएर चित्रकला कार्यशाला आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक दिवेश प्रधानले जानकारी दिए। कलायात्राका सहभागी कलाकारको टोली उपत्यकाबाट आज त्यसतर्फ प्रस्थान गर्दैछन्। 
बिहीबार रसुवा र नुवाकोटको सङ्गमस्थल ऐतिहासिक एवं धार्मिक तीर्थस्थल उत्तरगयाधाम, बेत्रावतीबजारको स्थलगत भ्रमण गर्ने र शुक्रबार बिहान बेत्रावतीको सांस्कृतिक पर्व ठूलो (हरिबोधिनी) एकादशी मेलामा स्थलगत चित्रकला कार्यशाला गर्ने कार्यक्रम रहेको प्रधानले जानकारी दिए। बनाइएका चित्रहरुको शुक्रबार साँझ नै प्रदर्शनी गरिने जनाइएको छ। 


यसअघि सोही कलाकारको टोलीले ‘भोटेकोशी सभ्यता’ अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा पुगेर स्थलगत चित्रकला कार्यशाला आयोजना गरी पर्यटन प्रवर्द्रधनमा सहयोग गरेका थिए। कलाकारको टोलीले गएको एक वर्षदेखि काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा पुगेर चित्रकला कार्यशाला गर्दै आएको छ। रासस

प्रकाशित: २१ कार्तिक २०७६ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App