coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत टेप्लिसबीच भेटवार्ता

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको जानकारी दिँदै सबै पार्टीहरु समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताए। प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्वन्द्वको व्यवस्थापन मौलिक भएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताए। भेटमा प्रधानमन्त्रीले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे पनि चासो व्यक्त गरेका थिए।

राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सँधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी दिए।
 

प्रकाशित: २० मंसिर २०७३ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App