७ वैशाख २०८१ शुक्रबार
समाज

२७ देशका मेयर–उपमेयर उपत्यकामा

काठमाडौं - एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत आवद्ध रहेको संस्था ‘सिटिनेट’को ३८ औं कार्यसमिति बैठकमा भाग लिनको २७ देशका मेयर–उपमेयर काठमाडौं आएका छन्। ललितपुर महानगरपालिकाले आयोजना गरेको तीन दिने बैठकमा सहभागी हुन भारत, चीन, कोरिया, जापानलगायत देशका जनप्रतिनिधि आएका हुन्।

बुधबार साँझ पाटन दरबार स्क्वायरमा बैठकको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले सिटिनेटको कार्यक्रमले नेपालका नगरपालिकालाई स्तरीय र स्मार्ट बनाउन भूमिका निर्वाह गर्ने बताए। ‘नेपालमा विदेशीलाई लोभ्याउने प्रशस्त सम्पदा र ऐतिहासिक ठाउँ छन्, भिजिट नेपालको २०२० को संघारमा यस्तो कार्यक्रम आयोजना गर्नु सह्रानीय छ,’ उनले भने, ‘अब अन्य नगरपालिकालाई पनि विदेशी नगरपालिका जोडिएको सिटिनेट संस्थामा आबद्ध गराउन आवश्यक छ।’

हरेक वर्ष फरक देशमा आयोजना हुने बैठकमा ‘सम्पदा र दिगो पयर्टन’ विषयमा छलफल चलिरहेको छ। नेपालका सांस्कृतिक सम्पदालाई अन्य मुलुकमा प्रचारप्रसार गरी पर्यटक आगमन बढाउन यो विषय छनोट गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका मेयर चिरिबावु महर्जनले ललितपुर महानगरपालिका सिटिनेटमा २९ वर्षदेखि आबद्ध रहेको बताए। दुई वर्षअघिसम्म साधारण सदस्य रहेको महानगरपालिका गत वर्ष मात्रै कोलम्बोमा भएको निर्वाचनमा चुनिएर कार्यसमितिमा बसेको थियो। नयाँ कार्यसमिति बन्नेबित्तिकै उक्त कार्यक्रम नेपालमा आयोजना सफल भएको मेयर महर्जनले जानकारी दिए।

‘नेपालमा यस्तो कार्यक्रम हुनु राम्रो हो, यसले यहाँका ऐतिहासिक ठाउँको प्रचारप्रसार र विकास तथा पूर्वाधारमा विदेशीसँग हातेमालो गर्न सहज पु¥याउँछ,’ उनले भने, ‘यसपटक हामीले सम्पदा र त्यसको दिगो व्यवस्थापनको लागि के गर्नुपर्ला भनेर विदेशी जनप्रतिनिधिसँग छलफल गरिरहेका छौं।’ उनका अनुसार बैैठक जलवायु परिवर्तन र सम्पदा र दिगो पर्यटन विषयमा केन्द्रित छ। अरु देशले जलवायु परिवर्तन र वातावरण क्षेत्रमा कसरी काम गरेका छन् भन्नेबारे पनि बैठकमा छलफल चलिरहेको छ।

‘हामी मात्रै होइनौं, विश्वका अरु देशले जलवायु परिवर्तन, फोहर व्यवस्थापनमा अनेका समस्या खेपिरहेका छन्, उनीहरूसँग सहकार्य गरेर हाम्रा नगरपालिकालाई पनि व्यवस्थित गराउन सकिन्छ भनेर हामीले यो बैठकमा चासो दिएका हौं,’ उपमेयर गीता सत्यालले भनिन्। उनका अनुसार विदेशी मुलुकका मेयर–उपमेयर नेपालका कला संस्कृति देखेर आकर्षित भएका छन्। उनीहरू ऐतिहासिक कला कौशल हेर्न उनीहरू बुधबार पाटन दरबार आसपासमा पुगेका थिए।

बैठकमा भाग लिन विभिन्न देशका नगर प्रमुख र संघसंस्थाका प्रतिनिधिसमेत गरी ४७ जना नेपाल आएका छन्। तीन दिनसम्म चल्ने उक्त बैठकमा बिहीबार हेरिटेज एन्ड सस्टेनेबल डेभलपमेन्ट विषयमा सेमिनार हुँदैछ।

पर्यटनविद् दिलेन्द्रराज श्रेष्ठ ललितपुर चिनाउन बैठक आयोजना गरिएको जानकारी दिए। ‘नेपालका नगरपालिकाले विदेशमा भइरहेको विकास र परिवर्तनको सिको गर्न यस्तो कार्यक्रम महŒवपूर्ण छ,’ उनले भने, ‘उपत्यकाका कला संस्कृति देखेर विदेशी बढी लोभिन्छन्, यो हाम्रो लागि राम्रो पक्ष हो।’

सिटिनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो। यसले सहरलाई विकसित र समृद्ध बनाउन नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग गर्छ। यसमा विभिन्न देशका १ सय ३० नगरपालिका आवद्ध छन्। त्यसमा आबद्ध नगर र संघसंस्थाबीच असल अभ्यास र अनुभव आदानप्रदान गर्न गरिन्छ।

हाल त्यसमा नेपालको काठमाडौं महानगर, भरतपुर महानगर, विराटनगर महाननगर र पोखरा महानगर जोडिएका छन्। उपमहानगरमा वीरगंज, धरान, हेटौडा र नेपालगन्ज छन्। गोदावरी महालक्ष्मी र तानसेन नगरपालिका सामान्य सदस्य रहेका छन्।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App