coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

चिनियाँ कविको ‘आमाको हात’

काठमाडौं – चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासंग्रह ‘मदर्स ह्यान्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशन भएको छ । निराला पब्लिकेसन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अंग्र्रेजीबाट नेपालीमा अनुवाद गरेका हुन् ।

तीन भागमा विभाजित संग्र्रहमा २७ कविता समाविष्ट छन् । चीनको सिचुआनका ‘यी’ नामक जातिका माजियाका कवितामा आफ्नो जन्मस्थलका नुओसी भाषीहरूका मिथक, लोककथा, महाकाव्य र त्यसमा रहेका महानायकहरूको स्तुतिगान गरिएको छ । हिमाली कविहरूले लेख्ने आफ्नो जन्मस्थल, जनजातीय संसार, आमा, पहाड, खोला, झाँक्री, पूर्वज आत्मा, रक्सी, कविहरू जस्ता विषयवस्तु तिनमा पाइन्छ ।

माजियाका कवितामा नेपालसँग मिल्दाजुल्दा विषयवस्तु भएकाले र विश्वको कविताको प्रवृत्ति चिनाउन आफूले नेपालीमा अनुवाद गरी प्रकाशनमा ल्याएको अनुवादक शर्माले बताए । संग्र्रहमा प्राकृतिक सौन्दर्यको विचित्र चित्रण भेटिने अनुवादकको भनाइ छ ।

प्रकाशित: २१ कार्तिक २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App