coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डेङगु नियन्त्रण गर्न ‘फग मेशिन’

तस्बिर एजेन्सी

खस्यौली– प्रदेश नं ५ सरकारले लामखुट्टे  र भुसुनालगायतका कीटाणु नष्ट गर्न ‘फग मेशिन’ प्रयोग गरिने भएको छ।

कोरियाबाट ४५ लाख रुपैयाँ मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध भएपछि लामखुट्टे  र भुसुना नियन्त्रणमा सहज हुने भएको हो।

 प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्राप्त भएका मेसिन सुरक्षा क्याम्प र चार उपमहानगरपालिकालाई एक एक वटा प्रदान गरिने जनाकारी दिए। रुपन्देहीमा डेङ्गुबाट मात्रै तीन जनाको मृत्यु भएको थियो। रासस

प्रकाशित: २० कार्तिक २०७६ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App