एमसीसीको उत्कृष्ट व्याटिङ

बुधबार, २० कार्तिक २०७६, १७ : २८ नागरिक

काठमाडौं– नेपालले अहिले इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको एमसीसी चिया ‘ब्रेक’सम्म उच्च योगफलतर्फ अघि बढेको छ । एमसीसीले ६० ओभरमा ४ विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको छ। एमसीसीका एड योङ १५ र विल भानडरसपार ३७ रनमा खेलिरहेका छन्।

‘लन्च ब्रेक’ सम्म मात्र ८४ रन जोडेको एमसीसीका लागि रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेलेर मैदान बाहिरिए। मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा टम वेस्ट्लीले ३९ तथा बिली गोडलम्यान १० रन बनाउँदै बाहिरिए। 

नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले समान दुई ÷दुई विकेट लिए। नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो। यसअघि सन् २००५ को मार्चमा आईसीसीले मान्यता दिएको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्व प्रथम श्रेणीको क्रिकेट खेलेको थियो। उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियो। 

आजको खेलसँगै कप्तान ज्ञानेन्द्र मल्लसहित नौ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन्। कप्तान मल्लसहित राजु रिजाल, विनोद भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी र पवन सरार्फले ‘डेब्यू’ गरेका हुन्। 

सोमपाल कामी र शरद भेषवाकर ‘प्लेइङ’ ११ मा रहेका छन् । सोमपाल र शरदले भने प्रथम श्रेणीको क्रिकेट यसअघि नै खेलिसकेका छन्।  रासस






यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

एन.एस.क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

नेपालको एक अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन.एस.क्वालिटी अवार्डबाट...

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

‘हजार महिला कार्यक्रम’ले व्यापार घाटा न्यूनीकरण गर्न कसरी सहयोग गर्छ? (भिडियो रिपोर्ट)

आगामी मंसिर ३ र ४ गते हुने ‘हजार महिला कार्यक्रम’ले नेपालमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने अपेक्षा राखिएको छ। ...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

Ncell Footer Ad